सुरिक्षतका साथ रक्तदान कार्यक्रम गरिरहन रक्तदाता समाजको आह्वान

120

काठमाडौं- नेपाल स्वयंसेवी रक्तदाता समाजले स्वस्थ र सुरक्षित रही रक्तदान कार्यलाई नियमित र निरन्तरता दिन आह्वान गरेको छ।

सोसाइटीले बुधबार विज्ञप्ति निकाल्दै कोरोनाको महामारीबाट बच्न र बचाउन नेपाल सरकार तथा मातहतका सम्बन्धित निकायहरुलाई आह्वान गरेको हो।

सोसाइटीले विज्ञप्तिमा स्वस्थ र सुरक्षित रही रक्तदान कार्यलाई नियमित र निरन्तरता दिन रक्तदान गर्न जाँदा भीडभाडबाट टाढा रहन र भौतिक दूरीलाई आत्मसात् गर्न आग्रह गरेको छ।

रक्तदातालाई र कार्यक्रममा सहभागीबीच रक्त संकलन शिविरमा भीड हुनबाट जोगाउने, स्वयंसेवीहरुले प्रयोग गरिएको डिस्पोजेवल ग्लोब्सलाई अर्को स्वयंसेवीले पुनः प्रयोग नगर्ने, शिविरमा साबुनपानी स्यानिटाइजरको प्रयोग गर्न दिने, रुघाखोकीको शंका लागेका व्यक्तिहरुलाई शिविरमा सहभागी हुनबाट जोगाई आवश्यक उपचारको सल्लाह दिन आग्रह गरेको छ।

साथै सोसाइटीले कोभिड–१९ बाट संक्रमित भई निको भएकाहरुलाई प्लाज्मा दान गरी अहिले भइरहेको प्लाज्मा थेरापी विधिबाट कोरोना भाइरसबाट संक्रमितहरुको जीवन रक्षा गर्न पनि अनुरोध गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here