देशमा थप चार काेराेना संक्रमितकाे मृत्यु, मृतककाे ३ सय ८३ जना पुग्याे

9

काठमाडौं – नेपालमा एकै दिन ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ८३ पुगेको छ ।

चार  जिल्लाका ३ महिला र १ पुरुष गरी चार जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मोरङकी ६४ वर्षीया महिला, काठमाडौंका ८७ वर्षीय पुरुष, चितवनकी ३६ र कैलालीकी ५७ वर्षीया महिलाको मृत्यु भएको हो ।

यसअघि नेपालमा बुधबार ८ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६४ प्रतिशत छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here