आज सुनचाँदीको मूल्यमा गिरावट

82

काठमाडौं -सुनको मूल्यमा गिरावट आएको छ । आज बिहीबार सुन तोलामा ९०० रुपैयाँले घटेको हो ।

छापावाला सुन प्रतितोला ९६ हजार ६०० र तेजाबी सुन प्रतितोला ९६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । भदौ महिनाको अन्तिम दिन सुन ९७ हजार ५०० रुपैयाँ तोकिएको थियो ।त्यसैगरी चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले ओरालो लागेको छ । यसका साथै चाँदी प्रतितोला एक हजार ३२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

अन्तराष्ट्रिय बजारमा सुन प्रतिअउन्स एक हजार ९४२ डलर बराबरमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here