नेपाल प्रहरीमा रिक्त विभिन्न पदका परीक्षा तालिका प्रकाशन

145

काठमाडौं – नेपाल प्रहरीमा रिक्त विभिन्न पद खुल्ला प्रतियोगिताद्वारा समावेसी प्रावधान बमोजिम पूर्तिका लागि प्रहरी प्रधान कार्यालयबाट २०७६ भदौ ६ र माघ १ गते प्रकाशित विज्ञापन अनुसार संचालन गरिने परीक्षाको तालिका पुन: प्रकाशन गरिएको छ ।

विज्ञापन अनुसारका जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक र प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उप-समूह तर्फको प्रहरी जवान पदहरुका लागि प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती र जनपद प्रहरी समूहतर्फ प्रहरी जवान पदको अन्तर्वार्ता परीक्षा तालिका कोरोना भाइरसका कारण स्थगन भएकोमा पुन: प्रकाशन

गरिएको प्रहरी प्रधान कार्यालय भर्ना छनौट महाशाखाले बुधबार जनाएको छ । उक्त परीक्षा तालिका सम्बन्धी विस्तृत विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here