विभिन्न स्थानमा नगद लुटपाट

236

काठमाडौं – कागेश्वरी मनोहरा नगरपालिका-६ नर्लिङ रिसोर्ट अगाडिबाट प्रदेश ३-०३-००१ ख ०१७१ नम्बरको ट्रक चालकको साथमा रहेको करिब नगद १६ हजार रुपैयाँ बिहीबार बिहान लुटपाट भएको छ ।

भैरहवाबाट मार्बल लोड गरी ल्याउँदै गरेको उक्त ट्रक रोकी राखेको अवस्थामा हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तिहरूले उक्त नगद लुटपाट गरी फरार भएको जनाइएकाे छ । साथै सर्लाही, चक्रघट्टा गाउँपालिका-५ पडरिया र मदनपुर गाँउ नजिक चौरीबाट कविलासी नगरपालिका-३ बस्ने ४० वर्षीय सुरेन्द्र चौधरी समेत २ जनाको नगद १ लाख ९० हजार रुपैयाँ बुधबार दिउँसो लुटपाट भएको छ । पीबि ०१ जीआर ६९२४ नम्बरको मोटरसाइकलमा चक्रघट्टा बजारमा आईएमई गर्न जाने क्रममा हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिहरुले उक्त लुटपाट गरी फरार भएको जनाइएकाे छ । घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाही र ईलाका प्रहरी कार्यालय चक्रघट्टाबाट खटिएको प्रहरीले उक्त घटनामा शंकास्पद ४ जनालाई नियन्त्रणमा लिएको छ ।

लुटपाटको क्रममा घाइतेभएका चौधरीलाई जिल्ला अस्पताल हुँदै थप उपचारका लागि ओम अस्पताल काठमाडौं रिफर गरिएको छ । लुटपाटमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here