उपत्यकामा भेटिए ७११ जना काेराेना संक्रमित

136

काठमाडौं- काठमाडौं उपत्यकामा एकै दिन ७ सय बढी कोरोना संक्रमित भेटिएका छन् । गत २४ घण्टामा भेटिएका १ हजार २ सय ४ संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र ७ सय ११ संक्रमित भेटिएका हुन् ।

काठमाडौं, भक्तपुर र ललितपुरमा गरी ७ सय ११ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा मात्र ५ सय ७० संक्रमित भेटिएका छन् । भक्तपुरमा ३ र ललितपुरमा ५८ जनामा कोरोना पुष्टि भएको छ ।

उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १५ हजार ८ सय ४९ पुगेको मन्त्रालयले जनाएको छ । काठमाडौंमा १३ हजार १४, ललितपुरमा १ हजार ४ सय ८४ र भक्तपुरमा १ हजार ३ सय ५१ संक्रमित पुगेका छन् ।

यसअघि शुक्रबार काठमाडौंमा ६ सय ९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जनामा कोरोना देखिएको थियो ।

आज थप ११ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय १ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७ महिला र ४ जना पुरुषको कोरोनाबाट मृत्यु भएको छ। मोरङमा ६५ वर्षिया, रौतहटमा ५१ वर्षिया, सर्लाहीमा ५६ वर्षिया तथा ललितपुरमा ७६ र ६८ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको छ।

यस्तै काठमाडौंमा ७७ र मकवानपुरमा ३७ वर्षिया महिला गरी ७ जना महिलाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै ललितपुरमा ६० वर्षिय, काठमाडौंमा ७५ वर्षिय, रुपन्देहीमा ६९ वर्षीय र बाँकेमा ४५ वर्षिय पुरुष गरी ४ जनाको मृत्यु भएको छ।

आज देशभरी १ हजार २ सय ४ जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन। १० हजार ३ सय ३३ पीसीआर परीक्षण भएकोमा ४ सय ८ जना महिला र ७ सय ९६ जना पुरुषमा संक्रमण देखिएको छ।

आज देशभरी सक्रिय संक्रमितको संख्या १७ हजार १ सय २९ रहेको छ। संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ३ सय ७३, प्रदेश नम्बर २ मा ८ सय ७८, बागमती प्रदेशमा ५ हजार २ सय २३ र गण्डकी प्रदेशमा ८ सय ३७ जना संक्रमित रहेका छन्।

यस्तै प्रदेश नम्बर ५ मा १ हजार २ सय १७, कर्णाली प्रदेशमा २ सय ९० र सुदूरपश्चिम प्रदेशमा ३ सय ३५ गरी देशभरी संस्थागत आइसोलेनमा ९ हजार १ सय ५३ जना संक्रमित उपचाररत रहेका छन ।

यसैगरी होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार २ सय ८९, प्रदेश नम्बर २ मा १ हजार ७७, बागमती प्रदेशमा ४ हजार २ सय ९१ र गण्डकी प्रदेशमा १ सय ८७ जना संक्रमित रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ६ सय ९७, कर्णाली प्रदेशमा १ सय ८६ र सुदूरपश्चिम प्रदेशमा २ सय ८९ गरी देशभरी ७ हजार ९ सय ७६ संक्रमित होम आइसोलेसनमा रहेका छन । यस्तै आइसियुमा १ सय ७९ जना र भेन्टिलेटरमा ३५ जना संक्रमित उपचाररत रहेका छन ।

आज १ हजार ४ सय ४७ संक्रमित निको भएर घर फर्किएका छन । आजसम्म प्रदेश नम्बर १ मा ३ हजार ९ सय ६१, प्रदेश नम्बर २ मा १२ हजार ७४, बागमती प्रदेशमा १० हजार ५ सय ३६ र गण्डकी प्रदेशमा २ हजार ६ सय ३७ जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन । यस्तै प्रदेश नम्बर ५ मा ७ हजार २ सय ७, कर्णाली प्रदेशमा २ हजार ६ सय ५७ र सुदूरपश्चिम प्रदेशमा ६ हजार १ सय ९५ गरी देशभरी ४५ हजार २ सय ६७ संक्रमित निको भएर घर फर्किएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here