नयाँवानेश्वर चोकमा पत्रकारमाथि प्रहरीको दुव्यावहार, महासंघको आपत्ति

56

काठमाडाैं  –  संविधान दिवको सन्दर्भमा जनमत लिने पत्रकार र संविधानका विषयमा धारणा राख्ने बटुवा दुबै प्रहरीबाट कुटिएका छन् ।

शुक्रबार नयाँ बानेश्वरमा अनलाइन खबरका संवाददाता रोयल आचार्य, क्यामेराम्यान चन्द्रबहादुर आले र मन्तब्य दिने बटुवा अधिवक्ता वषन्त पौडेललाई लम्कीझम्की गरेर निरिक्षकको नेतृत्वमा रहेको प्रहरीले खेदेको छ ।

संविधान दिवसको अवसरमा यसरी समाचार संकलनमा खटिएका पत्रकारमाथि भएको दुव्यावहारप्रति नेपाल पत्रकार महासंघले खेद प्रकट गरेको छ । नेपाल पत्रकार महासंघका महासचि रमेश विष्टले एक विज्ञप्ती जारी गर्दै उक्त कुरा बताएका हुन् ।

रिपोर्टिङका क्रममा रहेका पत्रकारद्वोयलाई गिरफ्तारको प्रयास गर्नु र त्रसित बनाउनु वाक स्वतन्त्रता र स्वतन्त्र पत्रकारितामाथिको हस्तक्षप भएको बताउदै स्तन्त्रपूर्वक पत्रकारिता गर्ने वातावरण निर्माण गर्न महासंघले सरकारसँग माग गरेको छ ।
विज्ञप्ती :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here