यो वर्षको मदन पुरस्कार ‘महारानी’ उपन्यासलाई

407

काठमाडौ – यस वर्षको मदन पुरस्कार  चन्द्रप्रकाश बानियाँको ‘महारानी’उपन्यासले पाएको छ। मदन पुरस्कार गुठीले वर्ष २०७६ को मदन पुरस्कार महारानी उपन्यासलाई दिने निर्णय गरेको छ ।

गुठीलाई प्राप्त भएका १५१ पुस्तकमध्येबाट सात पुस्तक मदन पुरस्कारका लागि छनोट भएका थिए। त्यसमध्ये महारानीलाई पुरस्कार दिने निर्णय भएको हो। त्यसैगरी गुठीले प्रदान गर्ने जगदम्बा९श्री पुरस्कार शान्ति ठटाललाई दिने निर्णय भएको छ। गुठीले कोरोना भाइरस कोभिड–१९ का कारण उत्पन्न परिस्थितिको कारण देखाउँदै पुरस्कार वितरण समारोहको विवरण पछि सार्वजनिक गर्ने जनाईएको छ ।

२०१२ सालमा स्थापित गुठीले पहिलो पटक २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ पुस्तकलाई मदन पुरस्कार अर्पण गरेको थियो ।

गुठीले २०४५ सालमा रानी जगदम्बाको मृत्युपछि उनको सम्झना स्वरुप जगदम्बाश्री पुरस्कारको स्थापना गरेको हो । यो पुरस्कार पहिलोपटक नारायण गोपाललाई प्रदान गरिएको थियो ।  महारानीका लेखक चन्द्र प्रकाश  बानियाँ जनधारणा साप्ताहिकका नियमित स्तम्भकार हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here