नेपालमा काेराेना संक्रमित संख्या ६९, ३०१ पुग्यो

47

काठमाडौं- पछिल्लो २४ घण्टामा १४९७ जना कोरोना संक्रमित पुष्टि भएको छ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।   आज ४५७ जना निको भएका छन्। अहिलेसम्म ५० हजार ४११ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ।

 नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेकाे मन्त्रालयले जनाएको छ।   पछिल्लो २४ घन्टामा ११ हजार ४४९ जनाको पिसिआर परीक्षण भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here