अकेशा पोखरेलकाे अभिनय रहेकाे दसैं गीत सार्वजनिक

193

काठमाडौं – दसै नजिकएपछि बाल गायिका रबिना बसेल बालापनको सुमधुर स्वर रहेकाे मेरो बाबा भन्दै दसैं गीत लिएर आएकी छिन् ।

अम्बिका गुरुङको शब्दमा आएको मेरो बाबा.. गीतलाई राजन कार्कीले एरेञ्ज तथा संगीत गरेका छन् । धुन कला केन्द्रबाट रेकर्डिङ भएको गीतमा गोबिन्द सोनीले मिक्सीङ गरेका छन् । यस गीतको आकर्षक भिडियो पनि तयार गरिएको छ ।

गीतमा टीकटकमा चर्चीत रहेकी एवं म्यूजीक भिडीयोमा जम्दै गरेकी बाल कलाकार अकेशा पोखरेलले अभिनय गरेकी छिन् । त्यसै गरी कलाकार रोबिन पोखरेल एवं ऋचा थापाले पनि अभिनय गरेका छन् । भिडीयो निर्देशन भने मञ्जु बञ्जाडेले गरेकी छिन् । गीतलाई भवसागर इन्टरटेन्टमेन्टले प्रस्तुत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here