सवारी दुर्घटनामा तीन जनाको मृत्यु

191

काठमाडौं – मकवानपुर, मनहरी गाउँपालिका-९ खरङ्गास्थित सडकमा ना.५ ख ४६५२ नम्बरको ट्रकले ना.४३ प ७२ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक बारा रतनपुर-२ बस्ने ३० वर्षीय सुर्य स्याङ्तानको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएकी मोटरसाइकलमा सवार सोही ठाउँ १८ वर्षीया बिनिता स्याङ्तानलाई सोही अस्पताल हुँदै थप उपचारका लागि मेडिकल कलेज भरतपुर पठाइएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी मकवानपुर, गढी गाउँपालिका-२ स्थित सडकमा ना.३९ प ९५४२ नम्बरको मोटर साइकलक अनियन्त्रित भई सडकबाट करिब ३० फिट तल खसेर शनिबार साँझ दुर्घटना
हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका-३ धमिले ४६ वर्षीय भरत पुडासैनीको मृत्यु
भएको छ ।

दुर्घटनामा घाइते भएका उनको सन्चो अस्पताल हेटौडामा उपचारको क्रममा मृत्यु
भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही गाउँपालिका-३ मक्रान्चुली
बस्ने ४१ वर्षीय कुमार पराजुलीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

बाँकेकाे  नेपालगंज उपमहानगरपालिका-१ धम्बोझी चोकमा भे.५ प १६५६ नम्बरको
मोटरसाइकलको ठक्करबाट पैदलयात्री नेपालगंज उपमहानगरपालिका-२ बस्ने ४८ वर्षीय दान
बहादुर सुनारको शनिबार राति मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here