उपत्यकामा थपिए ८१७ कोरोना संक्रमित

87

काठमाडौं– पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ८१७ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६४९, ललितपुरमा १३२ र भक्तपुरमा ३६ जनालाई कोरोना संक्रमण देखिएको छ।

उपत्यकामा कोराना संक्रमितको संख्या २२ हजार ३ सय २४ पुगेको छ।

काठमाडौंमा १८ हजार १सय ३२, ललितपुरमा २ हजार २ सय ३१ र भक्तपुरमा १ हजार ९ सय ६१ संक्रमित पुगेका छन्।

पछिल्लो २४ घन्टामा देशभर १ हजार ३५१ नयाँ संक्रमित थपिएका छन्। कूल संक्रमितको संख्या ७४ हजार ७ सय ४५ पुगेको छ।

२४ घण्टा ७ सय ४२ जना डिस्चार्ज भएका छन्। देशभर कोरोना संक्रमण मुक्त हुनेको संख्या ५४ हजार ६ सय ४० जना पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here