काठमाडौं – विश्वव्यापी महामारीका रूप लिएको कोरोना भाइरसका कारण समाजमा मानसिक समस्या बढ्दै गएकाले सचेत रहन चिकित्सकले आग्रह गरेका छन् । दैनिक बढ्दो गतिमा रहेको सङ्क्रमित तथा मृतकको सङ्ख्याले धेरैलाई मानसिक समस्या बढाएको विज्ञले औँल्याएका छन् ।
‘तनाव र चिन्ता भएपछि मानसिक समस्या आउनु स्वाभाविक हो, मानसिक रोगीमा झन् बढी समस्या आएको छ भने अन्य ठीक व्यक्तिमा पनि समस्या बढेको छ ।’ डा शाक्यको भनाई छ। मानसिक रोगबाट सुधार भएका व्यक्तिले कोरोना लाग्ने डरले जाँडरक्सी खाने गरेको उनले बताए।
कोरोना त्रासले जीवन असामान्य भएमा मनोविद्सँग परामर्श लिन सकिने र आवश्यक परे केही समयका लागि औषधि खानुपर्ने मनोविश्लेषक वासु आचार्यले जानकारी दिए । आचार्य चिन्ता, तनाव भएको खण्डमा अरू व्यक्तिसँग सम्पर्कमा रहनुपर्छ जसले गर्दा नचाहिने काम गर्नबाट जोगिन्छ भन्छन् ।
उनले आफूूले विश्वास गर्ने व्यक्तिसँंग अनुभव साटासाट गर्नुपर्ने सुझाव दिँदै परिवारलाई समय दिने, आफ्नो दैनिक गतिविधिको तालिका बनाउने, व्यायाम गर्ने, पढ्ने, खाने, सुत्ने, उठ्ने लगायतका क्रियाकलाप सधैँ निश्चित समयमा गर्नुपर्ने जानकारी दिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।