नेपालमा काेराेना संक्रमित मृतकको संख्या ४८१ पुग्यो : थप चार संक्रमितको मृत्यु

68

काठमाडौं– नेपालमा आज ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ८१ पुगेको छ।

४ वटा जिल्लाका २ महिला र २ पुरुष गरी ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सुनसरीमा ३८, भक्तपुरमा ५१ वर्षीया महिला, बाँकेमा ४७ र गुल्मीमा ३४ वर्षीय पुरुषको मृत्यु भएको छ। यसअघि आइतबार नेपालमा १० जना कोरोना संक्रमितको मृत्यु भएको थियो।

नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here