आइएमई जनरल इन्स्योरेन्स लिमिटेड  र  ह्याम्स हस्पिटल बिच नगद रहित सेवा सम्झौता

82

काठमाडाैं – आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र Hospital for Advanced Medicine & Surgery (HAMS)  बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री युगेशभक्त बादे श्रेष्ठ र ह्याम्स हस्पिटलका कार्यकारी निर्देशक डा. जोतिन्द्र शर्माले हस्ताक्षर गर्नुभयो । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहक महानुभावहरुको बीमा लेखको सीमा सम्म हयाम्स हस्पिटलबाट नगद रहित हस्पिटलाईजेशस (Cash Less Hospitalization)  सुविधा प्राप्त गर्न सकिने छ ।

साथै सोही अवसरमा श्री श्रेष्ठले ह्याम्स हस्पिटलले आफना ग्राहक महाानुभावहरुलाई आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसंग IGI औषधोपचार बीमालेख खरिद गरी अस्पतालसंग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस (Cash Less Hospitalization) सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसंग आवद्ध सदस्य महानुभावहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्नु हुने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here