लदाख द्वन्द्वमा चीनको पक्ष लिँदै ग्रेटर नेपालले पठायो शुभकामना 

581

काठमाडाैं – अक्टोबर १ लाई चीनको स्थापना दिवस , स्वतन्त्रता दिवस वा जनवादी गणतन्त्र चीनको स्थापनाको वार्षिकोत्सवका रूपमा मनाइन्छ ।

आजभन्दा ७२ वर्षअघि चिनियाँ लालसेनाका प्रमुख माओ च तोङले ३००००० मानिसहरूको भिडका अघिल्तिर उभिएर जनवादी गणतन्त्र चीनको स्थापनाको घोषणा गरेका थिए ।

यसै उपलक्ष्यमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले चीनका राष्ट्रपति सि चिनफिङलाई बधाई तथा शुभकामना सन्देश पठाएको छ । चीनको ७२ औँ स्थापना दिवसका अवसरमा मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले पठाएको सन्देशमा चीनका महामहिम राष्ट्रपतिको सक्रिय र सुझबुझपूर्ण नेतृत्वमा जनवादी गणतन्त्र चीनले  गरेको प्रगति र समृद्धिको प्रशंसा गर्दै हालै चीन र इन्डियाबीच लदाखमा भएको सैनिक द्वन्द्व इन्डिया अमेरिकी प्रभावमा परेका कारणले भएको भनिएको छ ।

मोर्चाका अध्यक्ष नेपालले चीन र इन्डियालाई छुट्टयाउने म्याकमहन लाइन ब्रिटिश उपनिवेशको प्रतीक भएकाले त्यसलाई मान्न नसकिने र लदाख चीनकै अङ्ग भएको बताएका छन् ।

चीनका राष्ट्रपति सिलाई पठाएको सन्देशको अन्त्यमा उनले भनेका छन्, ञअमेरिकी उक्साहटमा इन्डियाले यस क्षेत्रको शान्ति र स्थिरतामा खलल पुर्याने गरी चीनविरुद्ध जेजस्तो गतिविधि गरे पनि राष्ट्रपति सिको प्रभावकारी नेतृत्वमा वार्ताद्वारा यो द्वन्द्वको समाधान हुनेछ ।झ उनले सन्देशमा एक चीन नीतिको पूर्ण पालना गरिने पनि जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here