काराबाओ कपको क्वार्टरफाइनलमा आर्सनल प्रवेश

51
एजेन्सी- लिभरपुललाई पेनाल्टीमा हराउँदै आर्सनल काराबाओ कपको क्वार्टरफाइलनमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा निर्धातिर समयमा कुनै पनि गोल हुन नसकेपछि पेनाल्टीमा आर्सनल ५–४ गोलअन्तरले विजयी भएको हो ।

पेनाल्टी सुटआउटमा आर्सनलका गोलकिपर बर्नाड लेनो नायक बने । उनले लिभरपुलका दुईवटा पेनाल्टी राके । त्यसपछि जो विलकले निर्णायक पेनाल्टीमा गोल गर्दै आर्सनललाई जीत दिलाए । आर्सनलका लागि मोहमद एल्नेनीले पेनाल्टी मिस गरे पनि लेनोले डेभिड ओरिगी र ह्यारी विल्सनको पेनाल्टी रोकेका थिए ।

चार दिनअघि मात्र प्रिमियर लिगमा लिभरपुलसँगै ३–१ गोलअन्तरले पराजित भएको आर्सनलको हिजोको प्रदर्शनबाट म्यानेजर मिकेल आर्टेटा खुसी देखिए । लिभरपुलमाथिको जीतसँगै उनले आफ्नो टोलीले एक कदम अगाडि लिएको जिकिर गरे ।

अब अन्तिम आठमा आर्सनलले म्यान्चेस्टर सिटीको सामना गर्नेछ । सबै खेल डिसेम्बरमा खेलाइनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here