प्रधानमन्त्री ओलीका सल्लाहकारलाई कोरोना संक्रमण 

6
काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना भाइरसको संक्रमण भएको छ । 
हिजोको पीसीआर परीक्षणबाट कोरोना पोजेटिभ देखिएको रिमाल र थापाले फेसबुकमार्फत जनाएका छन् । दुवै सल्लाहकारले सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।प्रधानमन्त्रीको सचिवालयभित्रै पहिलोपटक कोरोना संक्रमण भएको हो । कोरोनाको जोखिममा प्रधानमन्त्रीनिवास बालुवाटार नै देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनीहरूले प्रत्यक्ष भेट गरेको भए उनीसमेत कन्ट्याक्ट ट्रेसिङमा पर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here