‘बैठक स्थगित वा सरेको भनेर सूचना आइसकेको त छैन, तर प्रधानमन्त्रीको सचिवालयका ५ जना सदस्यहरुलाई कोरोना भाइरस पुष्टि भएपछि अनिश्चितता बढेको छ । यस्तो अवस्थामा बैठक सार्दा राम्रो हुन्छ,’ एक सचिवालय सदस्यले भने, ‘बरु एकदुई दिनपछि बस्दा पनि फरक पर्दैन ।’
मन्त्रिपरिषद पुनर्गठन, विभिन्न नियुक्ति, पार्टी एकता लगायतका विषयमा निर्णय गर्न बैठक डाकिएको थियो ।