कोभिड–१९ विरुद्धको लडाईंमा हिमालय एअरलाइन्स्को निरन्तर सहयोग ।

46

काठमाडाैं – काठमाडौं उपत्यकामा कोरोना भाइरस सङ्क्रमणको अप्रत्यासित बृद्धिसँगै निम्तिएको समस्यासँग जुध्न र समुदायमा कोरोना भाइरसको पैmलावट रोक्न काठमाडौं उपत्यकाका विभिन्न हस्पिटलहरुलाई निरन्तर सहयोग पु¥याउँदै हिमालय एअरलाइन्स् फेरि पनि सहयोगीहरुको अग्रपङ्तिमा उभिएको छ । यस महामारी विरुद्ध अग्रभागमा उभिएर कार्य गर्ने स्वास्थ्य कार्यकर्ताहरुको सुस्वास्थ्यको सुनिश्चिता र तिनलाई सङ्क्रमणबाट बचाउन तत्काल चालिनुपर्ने कदमको महत्व बुझ्दै एअरलाइन्स्ले शहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र, बाँसवारी, राष्ट्रिय ट्रमा सेन्टर, महाँकाल र मनमोहन मेमोरियल सामुदायिक हस्पिटल, फर्पिङ्गलाई विविध चिकित्सा सामाग्री प्रदान गरेर सहयोग पु¥याएको हो । ती चिकित्सा सामाग्रीहरुको हस्तान्तरण कार्यक्रम गतसाता हिमालय एअरलाइन्स्को कार्यालय परिसरभित्र सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा हिमालय एअरलाइन्स्को ब्राण्ड तथा सेवा सुधार विभागकी प्रमुख श्रीमती उज्ज्वला दलीले शहिद गङ्गालाल हृदयरोग केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रञ्जित बराललाई १०० थान पि.पि.इ. सेट र १०० थान आर.डि.टी. परीक्षण किट प्रदान गर्नुभएको थियो । त्यसैगरी १०० थान पि.पि.इ. सेट र १०० थान आर.डि.टी. परीक्षण किट राष्ट्रिय ट्रमा सेन्टरका हाड–जोर्नी विशेषज्ञ डा. ज्ञानेन्द्र शाहले प्राप्त गर्नुभएको थियो ।

विशेषतः काठमाडौं उपत्यकाभित्र रहेका स्वास्थ्य क्षेत्रका समुदायहरु वीच आफ्नो सेवाको पहुँच बढाउने प्रयासअनुरुप एअरलाइन्स्ले कोभिड–१९ विरुद्धको लडाईंमा अत्यावश्यक पर्ने १०० थान पि.पि.ई. सेट, १०० थान आर.डि.टी. परीक्षण किट, २०० थान सर्जिकल मास्क, २०० थान सर्जिकल ग्लोभ्स, ५० थान एन–९५ मास्क, ५० थान फेस शिल्ड्स, ५०० थान शु कभर र ५ बोत्तल (प्रत्येक ५०० मि.लि.का) स्यानिटाइजर जस्ता स्वास्थ्य सुरक्षाका सामाग्रीहरु मनमोहन मेमोरियल सामुदायिक हस्पिटललाई प्रदान गरेको थियो । सो हस्पिटलका निमित्त अध्यक्ष श्री पूर्णबहादुर शाहीले हस्पिटलका तर्पmबाट उपरोक्त सामाग्रीहरु ग्रहण गर्नुभएको थियो । उक्त कामको प्रशंसा गर्दै श्री शाहीले फर्पिङ्गका समुदायहरुका लागि प्राप्त सहयोग अत्यन्त समय–सापेक्ष, सान्दर्भिक र अत्यावश्यक रहेको समेत बताउनुभयो । विविध चिकित्सा सामाग्रीहरु प्राप्त गर्ने हस्पिटलहरुले उक्त सहयोगप्रति आभार व्यक्त गर्दै समाज र राष्ट्रका निमित्त हिमालय एअरलाइन्स्को सहयोगको हार्दिक प्रशंसा गरे । अग्रभागमा रहँदै कोभिड–१९ विरुद्ध लड्ने स्वास्थ्यकर्मीहरु प्रति हिमालय एअरलाइन्स्ले दर्शाएको सद्भाव अत्यन्तै उदाहरणीय रहेको र अन्य संघ–संस्थाहरुका लागि समेत प्रेरणादायी भएको डा. बरालले बताउनुभयो ।

उक्त अवसरमा बोल्दै हिमालय एअरलाइन्स्की ब्राण्ड तथा सेवा सुधार विभागकी प्रमुख श्रीमती दलीले कोभिड–१९ विरुद्ध लड्ने कार्यमा समाज र राष्ट्रको लागि सहयोग पु¥याउनु, हिमालय सदैव तत्पर रहने बताउनुभयो । आजको यस्तो सहयोगले वास्तवमै हाम्रो संस्थागत सामाजिक उत्तरदायित्वको सुदृढिकरण गर्दै महामारी विरुद्ध लड्न अहोरात्र खटिरहेका हस्पिटलहरुसँग हातेमालोका साथ कार्य गर्ने हाम्रो प्रतिबद्धताको ज्वलन्त उदाहरण भएको पनि श्रीमती दलीले बताउनुभयो । यी चिकित्सा सामाग्रीहरुले हस्पिटलहरुका अग्रभागमा रही विरामी सेवामा लागिपर्ने स्वास्थ्यकार्यकर्तालाई ठूलो सहयोग पुग्ने आशा गर्दै आउँदा दिनहरुमा समाजको हितका लागि एकतावद्धरुपमा लागिपर्ने दृढता समेत उहाँले व्यक्त गर्नुभयो ।

महामारीको सुरुवाती अवस्था देखि नै हिमालय एअरलाइन्स् निरन्तररुपमा विविध तवरले राष्ट्रलाई सहयोग पु¥याउन प्रयासरत रहेको छ । नेपाल सरकारको कोभिड–१९ कोषमा गत बैशाखमै रु. एक करोडको आर्थिक सहयोग गर्नुका अतिरिक्त यस एअरलाइन्स्ले हालसम्म देशका दूर–दराजका स्थानहरु जस्तै आम्दा हस्पिटल, दमक, रोग नियन्त्रण÷व्यवस्थापन केन्द्र (CCMC), गुल्मी र फङ्लिङ्ग नगरपालिका, ताप्लेजुङ्ग जस्ता दुर्गम क्षेत्रका संघ–संस्थाहरुलाई कोभिड–१९ विरुद्ध लड्न सहयोग पु¥याउने चिकित्सा सामाग्रीहरु उपलब्ध गराएको छ ।

हिमालयले हालसम्म कोभिड–१९ महामारी रोकथामका चिकित्सा सामाग्रीहरुका ढुवानीका लागि ३७ वटा कार्गो उडान भर्दै ३२८.८२ टन सामाग्रीहरु नेपाल भित्र्याउन समेत महत्वपूर्ण भूमिका निभाएको छ । साथै एअरलाइन्स्ले विभिन्न देशहरुमा अलपत्र परेर रहेका नागरिकहरुलाई स्वदेश फिर्ता गराउन जम्मा ११८ वटा उडान भर्दै १९,४४२ जना यात्रुहरुलाई कोभिड–१९ विरुद्धका हरसम्भव सुरक्षा मापदण्ड अपनाएर सुरक्षित रुपमा देश भित्र्याएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here