तातोपानीमा आयात मात्रै खुल्ने र निर्यात नहुने, आज भित्रिए एघार कन्टेनर

90

काठमाडाैं-नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच यही असोज १३ गते तातोपानी नाका पुनःसञ्चालन गर्ने सहमति भएसँगै हिजो आइतबारदेखि चिनियाँ सामग्री आउन शुरु गरेको छ ।  ती  एघार  कन्टेनर कपडा र कच्चा पदार्थ आएको छ ।

तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले  चिनियाँ पक्षले सामान मितेरी पुलमा अनलोड गरेको जानकारी दिए ।

आज ती सामान तातोपानी सुख्खा बन्दरगाहमा आइपुग्ने बताइएको छ । भन्सार जाँचपासपछि केही दिनमा ती सामग्री काठमाडौँ पठाइनेछ ।

कोरोना भाइरसको सङ्क्रमण नहोस् भनेर तातोपानी भन्सार कार्यालयले २९ जनाको दुई टोलीलाई सामान लोड, अनलोड गर्न तयारी अवस्थामा राखेको छ । यसैबीच असार २५ गतेदेखि बन्द तातोपानी नाका सोमबारदेखि सञ्चालन हुने भएको छ ।

चीनको स्वशासित क्षेत्र तिब्बतको खासामा अड्किएका सामान नेपाल भित्र्याउन तातोपानी नाका सञ्चालन हुन लागेको हो । नाका आयातका लागि मात्रै खुल्ने र निर्यात भने नहुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here