माछापुच्छ्रे बैंकद्वारा २० प्रतिशतसम्म क्याब्याक अफर

41
काठमाडौं  – माछापुच्छ्रे बैंकले स्थापनाको २० बर्ष पूरा गरि २१ औँ वर्षमा प्रवेश गरेको अवसरमा ग्राहक लक्षित ट्वेन्टी–ट्वेन्टी (२०–२०) स्मार्ट योजना सञ्चालनमा ल्याएको छ । चाडबाडको समयमा हुने किनमेललाई ध्यानमा राख्दै बैंकले बैंकका डेविट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिंगका प्रयोगकर्ताहरुलाई लक्षित गरी क्यासव्याक अफर सञ्चालनमा ल्याएको हो ।

उक्त अफर योजना अन्तर्गत ग्राहकहरुले माछापुच्छ्रे बैंकको डेविट  कार्ड तथा क्रेडिट कार्डबाट पीओएस वा इ–कमर्श साइटहरुमा भुक्तानी गर्दा साथै मोबाइल बैंकिंगबाट क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा २० प्रतिशत वा बढिमा रु.२०० सम्मको क्यास व्याक अफर प्राप्त गर्न सक्नुहुनेछ ।

बैंकको २० औँ वार्षिकोत्सवको अवसरमा २० दिनसम्म संचालन हुने २० प्रतिशत क्यास व्याक अफरमा सहभागि भई क्यासव्याक प्राप्त गर्न ग्राहकहरुले क्यासब्याक अवधिभर कम्तीमा रु.२०० बरावरको २ वटा छुट्टाछुट्टै कारोबार गर्नुपर्नेछ ।कोभिड १९ को जोखिम बढि नै रहेको र चाडबाडको समय नजिकिदै गइरहेको समयमा डिजिटल कारोबारलाई प्रोत्साहित गर्न बैंकले उक्त ट्वेन्टी–ट्वेन्टी स्मार्ट योजना सञ्चालनमा ल्याएको हो ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि. पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १५०० बढी पिओएस मेसिन मार्फत ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here