यस्तो आयो मार्क्सबादी एकता अभियानको अवधारणापत्र

56

काठमाडौं  – नेपालको कम्युनिष्ट आन्दोलनलाई साझा एजेण्डामा एकिकृत गराउने तात्कालिक लक्ष्य लिएर दुई साताअघि सार्वजनिक भएको  ‘मार्क्सबादी एकता अभियान, नेपाल’ ले आफ्नो अवधारणापत्र पनि सार्वजनिक गरेको छ । समग्र नेपाली  वाम आन्दोलनको समिक्षा गर्दै नेपालका वर्तमान सत्तासीन राजनीतिक दलको चरित्रबारे समेत स्पष्ट धारणा सार्वजनिक गर्दै माक्र्सवादी एकता अभियानले अवधारणा पत्रमा भनेको छ — ‘विश्वका नेपाल लगायत सबैजसो देशहरुका क्रान्ति र प्रतिक्रान्तिका घटनाहरुको तथा क्रान्तिकारी नेतृत्व, पार्टी र आन्दोलनहरु मूलतः सत्ता र सरकारको सन्निकट पुगेसङ्गै तिनमा आएको वैचारिक, सांगठनिक र सांस्कृतिक विचलन, विकृतिकरण, विभाजन, विघटन, विसर्जन र प्रतिगमन वा संकुचन र बन्ध्याकरण हुने गरेका घटनाहरुलाई नयाँ सिराबाट, आग्रह र पूर्वाग्रहमुक्त भएर विहङ्गम अध्ययन अनुसन्धान, बहस÷छलफल र क्रान्तिकारी विश्लेषण÷संश्लेषण गर्ने । यसरी तिनका कारण निराकरणसङ्गै आगामी दिनमा तिनबाट बच्न नयाँ विचार, विधि र व्यवहारको दिग्दर्शन गराउने । साथै नेपालको मौलिकता र विशेषताका सन्दर्भमा मालेमा लगायतका क्रान्तिकारी विचार र व्यवहारको रक्षा गर्ने, स्थापित गर्ने, प्रयोग गर्ने र विकास गर्नका लागि नेपाली क्रान्तिको ठोस कार्यदिशा निर्माणमा सघाउने’

त्यसैगरि अभियानले भनेको छ —‘सत्ताइतर रहेका माक्र्सवादी, लेनिनवादी, माओवादी, जनवादी, समाजवादी, साम्यवादी सबै वाम शक्तिहरुका साथै सत्तारुढ शक्तिभित्रका सच्चा, इमान्दार, मालेमावाद पक्षधर क्रान्तिकारी व्यक्ति वा समूहहरुबीच समेत सहकार्य, संघर्षमा तालमेल, कार्यगत एकता, संयुक्तमोर्चा र पार्टी एकताका लागि दवाब र सहजकर्ताको भूमिका निर्वाह गर्ने’

अभियानले सार्वजनिक गरेको अवधारणापत्रको  तात्कालिक कार्यक्रमको अन्तिम बुँदामा भनिएको छ — ‘समसामयिक राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, सामरिक र राष्ट्रिय स्वाधीनताका मुद्दाहरुमा अध्ययन, अन्तरक्रिया, प्रतिक्रिया, खबर्दारी, विरोध र भण्डाफोर गर्दै हस्तक्षेप र निषेध गर्ने÷गराउने आन्दोलनमा सहयोग गर्ने । सीमा अतिक्रमण भएको र भूमि फिर्ता गरेर राष्ट्रियताको रक्षाका लागि तथा जनवादी अधिकारको निर्वाध उपयोग र थप अधिकार प्राप्तिका लागि समेत संयुक्त मोर्चा वा कार्यगत एकता गर्ने ।’ प्रस्तुत छ अवधारणापत्रको पूर्ण अंश ः— ‘माक्र्सवादी दर्शनबाट प्रभावित र यसको क्रान्तिकारी विकासक्रममा विश्वास गर्ने, मालेमावादलाई पथप्रदर्शक मान्ने र विश्वका भारत, फिलिपिन्स, कोरिया, क्युबा, भेनेजुयला आदि देशका सामन्तवाद (साम्राज्यवाद विरोधी आन्दोलनहरु र तिनका नेताहरुका सकारात्मक र नकारात्मक अनुभवहरुलाई स्वच्छतापूर्वक अध्ययन गर्ने र तिनबाट शिक्षा लिने नेपालमा र विदेशमा छरिएर रहेका विभिन्न तह र तप्काका नेपालीहरुका माझमा आपसी सामञ्जस्यता कायम गरी साम्यवादी समाजको स्थापना गर्ने दीर्घकालीन लक्ष्य लिएर हिडेको नेपालको समाजवादी र जनवादी आन्दोलनलाई सघाउ पु¥याउने उद्देश्यका साथ ‘माक्र्सवादी एकता अभियान, नेपाल’ नामको मञ्च निर्माण गरिएको छ । यो पत्रमा यस मञ्चको वैचारिक पक्षलाई संक्षेपमा स्पष्ट पार्ने प्रयत्न गरिएको छ ।

आज विश्वमा अमेरिकी साम्राज्यवाद लगायतका साम्राज्यवादी राष्ट्र र तिनका दलाल राष्ट्रहरुसँग अन्य उत्पीडित राष्ट्रहरुको प्रधान अन्तर्विरोध रहेको छ र नेपाल पनि एक उत्पीडित राष्ट्र हुनुको नाताले त्यसबाट त पीडित छँदैछ, त्यसमाथि पनि दक्षिण एसियाली दादा भारतीय विस्तारवादको साम्राज्यवादीहरुको दलाली गर्दै विश्वको महाशक्ति बन्ने लालसासङ्गै उसको क्षेत्रीय प्रभुत्ववादसङ्गको प्रधान, पुरानो र चतुर्दिक् अन्तरविरोध रहि आएको छ ।

राज्यसत्तामाथिको पकडलाई आधार मानेर हेर्ने हो भने आज संसारमा विश्व–सर्वहारावादी आन्दोलन रक्षात्मक अवस्थामा पुगेको देखिन्छ । तर, संसारभरिका जनताको जनमत र माक्र्सवाद–लेनिनवाद–माओवाद र विचारद्वारा विकसित समाज विकासका अकाट्य सिद्धान्तहरुलाई आधार मान्ने हो भने प्रकृतिसँगको अनुकूलतालाई विचार गरी मानव समाजलाई समुन्नत अवस्थामा पु¥याउन सक्ने एकमात्र वैकल्पिक बाटो भनेको आधुनिक साम्यवादी समाजको दीर्घकालीन लक्ष्य लिएर अघि बढिरहेको सर्वहारावादी आन्दोलन नै हो । शोषण र दमनको आधारमा अडिएर रहेका विभिन्न रुप र रङ्गका जामा पहिरिएर संसारभरि देखा पर्ने राजनैतिक व्यवस्थाहरु कसैसँग पनि मानव समाजलाई शिष्ट, सभ्य, सुसंस्कृत, समुन्नत एवम् समान तुल्याउने विकल्प छँदै छैन । युरोप, अमेरिका जस्ता विकसित देशहरु र एसिया, अफ्रिका, ल्याटिन अमेरिकाका अल्पविकसित वा विकासोन्मुख देशहरु सबैमा साम्राज्यवादी र तिनका पिछलग्गु सत्ताधारीहरुको विरोधमा भइरहेका आन्दोलनहरुले पनि प्रतिक्रियावादी सत्ताको आन्तरिक खोक्रोपनालाई पुष्टि गर्दछ । तसर्थ वैचारिक र संसारभरिका जनताको जनमतलाई आधार मान्ने हो भने आज विश्वमा सर्वहारावादी आन्दोलन नै हाबी छ । साम्राज्यवादीहरुको वर्चस्व भनेको उनीहरुसँग भएका नरसंहारकारी आधुनिक हतियार हुन् । पुँजीवादी व्यवस्थाले सृजना गर्दै आएको विश्वव्यापी मन्दीहरु र प्रकृतिको अति दोहनबाट उत्पन्न पर्यावरणीय असन्तुलनले गर्दा मानवजाति कै अस्तित्व खतरामा पर्ने खालका प्राकृतिक प्रकोप र महामारीसँग सामना गर्ने हैसियतसमेत उनीहरुसँग छैन । उनीहरुको राज्यसत्ता हतियारको बलमा र बिकाउ बुद्धिजीवीहरुद्वारा गरिने ढाँट–छलको प्रचारबाजीबाट मात्र अस्थायीरुपमा चलिरहेको छ ।

यहाँ भएका राजनैतिक शक्तिहरुमा पहिलो, प्रतिक्रियावादी दलाल सत्ता र प्रतिपक्षमा रहेका दलाल, गद्दार र राष्ट्रघाती नयाँ र पुराना प्रतिक्रियावादी शक्तिहरु (यसमा मूलतः नवप्रतिकृयावादी नेकपा(नेकपा), पुरानो प्रतिक्रियावादी नेपाली काँग्रेस, साम्प्रदायिक चरित्र भएको दलाल प्रतिक्रियावादी मधेसवादी दल र प्रतिगामी(पुनरुत्थानवादी राप्रपा लगायतका देश, जनता र क्रान्तिका मुख्य दुश्मन शक्तिहरु पर्दछन्) का विरुद्धको वैचारिक संघर्षमा जोड दिनु पर्दछ ।

दोस्रो, संसदीय आसपासका वाम नामका शक्तिहरु (यस अन्तर्गत त्यस्ता वामपन्थी शक्तिहरु पर्दछन् जो संसद र सरकारको उपयोगसँगै सडक संघर्षमा समेत एकल वा संयुक्त रुपमा कृयाशील छन्) यो शक्तिलाई संसदीय मोहपासबाट मुक्त गर्न कोसिस गर्दै क्रान्तिको मूलधारमा समाहित गर्न प्रयत्न गर्नु पर्दछ ।

तेस्रो, भूमिगत वा खुला क्रान्तिकारी शक्तिहरु ।

चौथो, देशभक्त र जनवादी समूहहरु (यसमा त्यस्ता वामपन्थी, देशभक्त, प्रगतिशील र जनवादी कार्यक्रम र संघर्षहरु गर्दै आएका समूहहरु पर्दछन् जो राजनीतिक शक्ति र संगठनको स्वरुपमा नभए पनि राजनीतिक संघर्ष र कार्यक्रममा दृढतापूर्वक लाग्दै आएका छन्) यी विभिन्न नामका मन्च, मोर्चा, प्रतिष्ठान, समाज, अभियान आदिका नामले कृयाशील छन् । यी समूहहरुसंग सहकार्य र वैचारिक, राजनीतिक छलफल र अन्तरक्रिया गरी यिनलाई राजनीतिकरण, पार्टीकरण र सर्वहाराकरण गर्नुपर्छ ।

उपरोक्त चारै प्रकारका वर्गीकरणमा रहेका व्यक्ति, समूह वा शक्तिहरुमध्ये तेस्रो शक्तिमा भर पर्दै दोस्रो र चौथो शक्तिलाई मुख्य सहयोगी शक्तिको रुपमा ग्रहण गर्दै र पहिलोमा रहेका क्रान्तिकारी व्यक्ति वा समूहहरुलाई क्रान्तिकारी आन्दोलनमा निर्णायक रुपमा लाग्न प्रेरित गर्दै,  उपरोक्त सबै समूह र मूलतः तिनका नेतृत्वहरुमा अन्तर्निहित थोरैधेरै मात्रामा रहेका व्यक्तिवादी, अहंवादी, अवसरवादी, संसदवादी, सुधारवादी, आत्मसुरक्षावादीलगायतका गैरसर्वहारावर्गीय न्यूनपुँजीवादी चिन्तन र चरित्रलाई वैचारिक संघर्ष र सहकार्यको माध्यमद्वारा शुद्धीकरण, रुपान्तरण र क्रान्तिकारीकरण गर्दै एकीकरण गर्ने र गराउने कुरामा हाम्रो पहल र प्रयत्न हुनु पर्दछ ।

नेपालको सन्दर्भमा भन्ने हो भने यहाँको कम्युनिस्ट आन्दोलनले ७ दशक पार गरिसकेको छ । तर यसले सर्वहारावादी क्रान्ति सम्पन्न गर्ने राजनैतिक कार्यदिशा भने वि.सं. २०२८ तिरको झापा आन्दोलनबाट मात्र अवलम्बन गर्न खोजेको पाइन्छ । उक्त आन्दोलन सुरु गर्ने तात्कालीन पार्टी नेतृत्वमा दीर्घकालीन योजना बनाउने चिन्तनको अभाव र नेतृत्वपंक्तिकै केही व्यक्तिहरुमा रहेको न्यून–पुँजीवादी चरित्र र क्रान्तिकारी रोमान्सले गर्दा उक्त आन्दोलनले प्रतिक्रियावादी दमन झेल्न सकेन र छोटो अवधिमा नै क्रान्तिको कार्यदिशा छोडेर सुधारवादमा गएर भास्सियो । त्यसपछि नेपालको कम्युनिस्ट आन्दोलन लामो समयसम्म बहस र छलफलमा रुमल्लिई रह्यो । वि.सं. २०३६ र वि.सं. २०४६ सालका जनआन्दोलनहरुमा विभिन्न कम्युनिस्ट घटकहरु आ—आफ्नै किसिमले सामेल भए । झापा विद्रोहीहरुले पञ्चायतकालदेखि नै क्रान्तिकारी राजनैतिक कार्यदिशा छोडेर जनपक्षीय उम्मेदवारको नाममा चुनावमा उम्मेदवारी दिन थाले । त्यसपछि वि.सं. २०५२ सालमा आएर नेकपा(माओवादी)को नेतृत्वमा अत्यन्त सुझबुझका साथ दीर्घकालीन योजनासहित नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने उद्देश्यका साथ सर्वहारावादी आन्दोलन ‘जनयुद्ध’ को नामबाट सुरु भयो । यो आन्दोलन रुस, चीन लगायतका देशहरुमा भए गरेका कमिकमजोरी नदोहो¥याउने बाचाका साथ सुरु भएको थियो । त्यसबेला पार्टी  पंक्तिमा तलदेखि माथिसम्म सैद्धान्तिक, राजनैतिक र व्यावहारिक सबै विषयहरुमा व्यापक प्रशिक्षण चलेको थियो । कार्यकर्ताहरु माझ सर्वहारावादी आन्दोलनको विषयमा वैचारिक स्पष्टता आएको थियो । यस कुराले कसैले कसैलाई क्रान्तिकालमा धोका नदिने विश्वासको वातावरण तयार ग¥यो । बलिदानको निम्ति अघि सर्ने एक किसिमको होडवाजी नै चल्दथ्यो । आत्मगत अवस्थाको यो तयारीले गर्दा नेपालमा जनयुद्ध द्रुत गतिमा अगाडि बढ्ने आधार बन्यो । तर समयको अन्तरालसँगै जनयुद्धले उँचाई हासिल गर्दै गर्दा माओवादी नेतृत्व पंक्तिमा पनि अवसरवादी, संझौतावादी, आत्मसमर्पणवादी र उपभोक्तावादी न्यून–पुँजीवादी चिन्तन र चरित्रले वि.सं. २०५७ सालदेखि टाउको उठाउन थाल्यो र त्यो भडकाउ वि.सं.२०६२ सालमा भएको चुनवाङ्ग बैठकमा स्पष्टरुपमा प्रस्तुत भयो । त्यसको लगत्तै भारतीय सरकारको निर्देशनमा माओवादी र सात दलका बीचमा भएको १२ बुँदे दिल्ली सम्झौताले माओवादी पार्टीको संसोधनवादी कार्यदिशालाई मूर्तरुप प्रदान ग¥यो । यसको नाङ्गो र अन्तिम अवसान मूलतः वि.सं. २०६३ मा भएको विस्तृत शान्ति सम्झौतामा प्रचण्डले गिरिजा समक्ष गएर गरेको जनयुद्धको अन्त्यको घोषणामा गएर टुङ्गियो । पार्टीको मूल नेतृत्वबाटै हजारौं होनहार नेपालीको बलिदान, लाखौं जनताको त्याग र तपस्याबाट हासिल भएको सर्वहारा आन्दोलनका उपलब्धिहरुलाई प्रतिक्रियावादी सामु बुझाएर गरिएको गद्दारी अरु कुनै देशमा देखिएको छैन । त्यसपछि १४, १५ वर्ष यता उक्त पार्टीको गतिविधि भनेको बुर्जुवा वर्गको सत्ताबाट व्यक्तिगत लाभ हासिल गर्ने उद्देश्य लिएर सँसदीय फोहोरी आहालमा डुबुल्की मार्दै पार्टीको नेतृत्व पंक्ति कथित नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को नामबाट दुर्गन्धित बनेको छ ।

विचार नै सबै थोक हो र विचारमा स्खलन आएपछि कुनै पनि नेता बीच बाटोमा अडिएर बस्न नसक्ने कुरा आज सत्तासीन भएका हिजो माओवादी भनेर चिनिने नेताहरुको व्यवहारले पुष्टि गरेको छ । उनीहरु आज भ्रष्टाचार र कमिसनतन्त्रमा मात्र डुबेका छैनन्, बरु यो सत्ता टिकाई राख्न देशको अस्तित्वलाई जोखिममा पारेर साम्राज्यवादी अमेरिकाको युद्ध उन्मादसँग जोडिएको एमसीसी जस्तो घातक सन्धि गर्न उद्यत छन् । उनीहरु अब जनताको न्यायपूर्ण आवाजलाई सदाका लागि बन्द गर्न बुर्जुवा नैतिकता समेतलाई छोडेर जन–दमनमा ओर्लिएका छन् । हिजोका क्रान्तिकारी सहयोद्धा कमरेडहरु दमनको पहिलो निशानामा छन् । अहिले देशमा तस्कर, बलात्कारी, डाँका, ज्यानमारा, घुसखोर, कमिसनखोर सबैका मुद्दामा उनीहरु तेसै वा धरौटीमा रिहा हुन्छन् । तर जनताको आवाज लिएर हिडेकाहरु बिना अपराध थुनिएका छन् । अदालतको आदेश समेतलाई लत्याएर आज देशमा हिट्लरी शैलीको फासिवादको अभ्यास सुरु भइरहेको छ । यहाँनेर सकारात्मक कुरा एउटा के छ भने उनीहरुकै पार्टी पंक्ति भित्र पनि साम्राज्यवादसँग गरिने दलाली र फासीवादी अभ्यासको विरुद्ध त्यहीं भित्रबाट आवाज उठिरहेको छ । आम जनता त निरंकुश शासनबाट आक्रोशित हुनु स्वाभाविक हो । यस परिस्थितिमा संविधानप्रदत्त जनवादी अधिकारहरुको निर्वाध उपयोगको लागि सत्ता बाहिर रहेका कम्युनिस्ट पार्टीहरुले संयुक्त मोर्चा वा कार्यगत एकता गरेर आन्दोलनमा उत्रिनु वाञ्छनीय देखिन्छ र उक्त आन्दोलनलाई सरकारी नेकपा भित्र रहेका न्यायप्रेमी एवम् क्रान्तिकारी व्यक्ति वा समूहले समेत समर्थन र सहयोग गर्न जरूरी छ ।

समग्रमा भन्ने हो भने देशको शासन व्यवस्थामा आएको विकृति र विसंगतिले गर्दा नेपाल देश र नेपाली जनता अत्यन्त नाजुक अवस्थाबाट गुज्रिरहेको देखिन्छ । शासकवर्गहरु सत्ता स्वार्थका निम्ति साम्राज्यवादीहरुसँग जस्तो सुकै असमान सन्धि–सम्झौता गर्न तयार छन् भने सत्ता भोगमा लिप्त केही व्यक्तिहरु विगतको विरासतको कारणले यति धेरै हीनताबोधले ग्रसित छन् र आफूलाई असुरक्षित ठानेर आतङ्कित पनि छन् । परिणामस्वरुप उनीहरु सामान्य बुर्जुवा जनवादी अधिकार दिन समेत चाँहदैनन् । बिडम्बना त के छ भने प्रतिपक्षको नामले चिनिने नेपाली काँग्रेस पार्टीका नेताहरुको अवस्था अत्यन्त दयनीय छ । देश र जनताको हितलाई दृष्टिगत गरेर केही सृजनात्मक कदम चाल्नुको साटो सत्तापक्षबाट दया गरेर दानमा दिइएका केही प्रशासनिक पदको प्राप्तिमा नै कुकुरले हड्डी पाएर रमाए जस्तै गरी उनीहरु रमाइरहेका छन् ।

यस्तो विषम परिस्थितिबाट गुज्रिरहेको नेपाल र नेपाली जनताको भविष्यको बारेमा नेपालमा र विश्वभरि छरिएर रहेका देशभक्त एवम् न्यायप्रेमी नेपाली समुदाय चिन्तित हुनु स्वाभाविक हो । तसर्थ स्वदेशमा र विदेशमा रहेका सबै नेपालीहरुलाई गोलबन्द गरेर प्राकृतिक स्रोत र साधनले भरिपूर्ण नेपाल र यहाँका स्वच्छ र सहयोगी मन भएका परिश्रमी नेपालीहरुको समृद्धिको लागि राजनैतिक, आर्थिक, सामाजिक, वैचारिक आदि क्षेत्रहरुमा सही कार्यदिशा दिने अभिप्रायका साथ ‘माक्र्सवादी एकता अभियान, नेपाल’ नामक मञ्च क्रियाशील रहनेछ ।

नेपाल लगायत विश्वभरिका देशहरुमा भइरहेको राज्यसत्ता संचालनको अनुभवहरुबाट के देखिन्छ भने अब पुँजीवादी (साम्राज्यवादी) सिद्धान्तमा आधारित राज्य संरचनाबाट कुनै पनि देशका आम जनता लाभान्वित हुन सक्दैनन्, चाहे त्यो जति सुकै धनी मुलुक किन न होस । किनकि पुँजीवादी व्यवस्था अन्तरगत हुने गार्हस्थ्य उत्पादनको वृद्धि केही मुट्ठीभर पुँजीपतिहरुको हातमा संकेन्द्रित हुन पुग्दछ । उनीहरुले सर्वसाधारणलाई दिने भनेको दुई दिने च्यारिटी मात्र हो । पुँजीवादले उत्पन्न गर्ने गरेको आर्थिक संकटको समाधान गर्ने हैसियत त्यो व्यवस्थामा छँदै छैन । कहिले किन्स, कहिले मिल्टन फ्राइडमान जस्ता बिकाउ पुँजीवादपरस्त अर्थशास्त्रीहरुलाई उभ्याएर पुँजीवादी व्यवस्था अन्तरगत नै सबै समस्याको समाधान छ भनेर झूठो प्रचारवाजी गर्न लगाउँदछन् । तर सबै प्रकारका पुँजीवादी अभ्यास र प्रचारवाजीका बावजूद निष्कर्ष भने एउटै निस्किरहेको छ — मुट्ठीभर व्यक्तिमा सम्पत्तिको केन्द्रीकरण र आम जनताको भागमा कष्टकर जीवन । यो स्वयं पुँजीवादी संस्थाहरुले नै निकालेको तथ्याङ्कको निष्कर्ष हो । अब स्थिति यहाँसम्म पुगिसकेको छ कि बजार कब्जा गर्ने साम्राज्यवादी होडबाजीले गर्दा प्रकृतिको असीमित दोहन भइ पृथ्वीमा उत्पन्न पर्यावरणीय असन्तुलनले गर्दा मानव जातिको अस्तित्व नै खतरामा पुग्ने सम्भावना देखिन थालेको छ । तसर्थ पुँजीवादी उत्पादन सम्बन्ध माथिको हस्तक्षेप अत्यन्त जरुरी भएर आएको छ । अब प्रत्येक देशमा प्रकृतिसँग मैत्रिपूर्ण सम्बन्ध राख्दै जनताको आवश्यकतालाई आधार मानेर राज्य नियन्त्रित र स्थानीय जनसमुदाय तथा उत्पादक नियन्त्रित उत्पादन प्रणाली अपनाउन जरुरी भइसकेको छ । आर्थिक, सामाजिक, राजनैतिक, जातीय र धार्मिक आदि विविध समस्याहरुको समाधानको निम्ति महान विचारक एवम् प्रयोगकर्ताहरु माक्र्स, एंगेल्स, लेनिन, स्टालिन, माओत्सेतुङ्ग आदिले हामीलाई सबै प्रकारका वैचारिक र व्यावहारिक सामग्रीहरु उपलब्ध गराएर जानु भएको छ । समस्या समाधानको मूल सूत्र भनेको नै हरेक समस्यालाई वर्गीय रुपमा हेर्ने र त्यसको समाधान वर्गहरुका माझ हुने वर्गसंघर्षको मातहत रहेर खोज्ने हो । यस माध्यमबाट अघि बढ्दा ९० प्रतिशत समस्याको समाधान सर्वहारावादी दृष्टिकोणबाट निकाल्न सकिन्छ र बाँकी १० प्रतिशत साँस्कृतिक रुपान्तरणको क्रममा हल हुँदै जानेछ । यसरी साम्राज्यवादीहरुको एनजीओ र आइएनजीओको चलखेलबाट पनि जोगिन सकिन्छ । नेपाल लगायत विश्वका सबै देशका कम्युनिस्टहरुले आ—आफ्नो देशको परिस्थिति अनुकूल हुने गरी ती विचारहरुको सृजनात्मक प्रयोग गर्दै अगाडि बढ्नु आजको आवश्यकता हो । तर सिद्धान्तको सृजनात्मक प्रयोगको नाममा बजार अर्थतन्त्रबाट समाजवादमा पुग्ने सपना देखाउने नेपालका अवसरवादी (दलाल अर्थशास्त्रीहरु) बाट भने सबैले सतर्क रहनु आवश्यक छ । बाँकी विषयहरु समयको अन्तराल र प्रयोगको क्रममा स्पष्ट हुँदै जानेछ ।

अन्त्यमा माथिका कुराहरुको आलोकमा छोटकरीमा भन्नु पर्दा यो अभियानले ३ वटा प्रमुख कामहरु गर्ने छः–

क— विश्वका नेपाल लगायत सबैजसो देशहरुका क्रान्ति र प्रतिक्रान्तिका घटनाहरुको तथा क्रान्तिकारी नेतृत्व, पार्टी र आन्दोलनहरु मूलतः सत्ता र सरकारको सन्निकट पुगेसङ्गै तिनमा आएको वैचारिक, सांगठनिक र सांस्कृतिक विचलन, विकृतिकरण, विभाजन, विघटन, विसर्जन र प्रतिगमन वा संकुचन र बन्ध्याकरण हुने गरेका घटनाहरुलाई नयाँ सिराबाट, आग्रह र पूर्वाग्रहमुक्त भएर विहङ्गम अध्ययन अनुसन्धान, बहस÷छलफल र क्रान्तिकारी विश्लेषण÷संश्लेषण गर्ने । यसरी तिनका कारण निराकरणसङ्गै आगामी दिनमा तिनबाट बच्न नयाँ विचार, विधि र व्यवहारको दिग्दर्शन गराउने । साथै नेपालको मौलिकता र विशेषताका सन्दर्भमा मालेमा लगायतका क्रान्तिकारी विचार र व्यवहारको रक्षा गर्ने, स्थापित गर्ने, प्रयोग गर्ने र विकास गर्नका लागि नेपाली क्रान्तिको ठोस कार्यदिशा निर्माणमा सघाउने ।

ख— सत्ताइतर रहेका माक्र्सवादी, लेनिनवादी, माओवादी, जनवादी, समाजवादी, साम्यवादी सबै वाम शक्तिहरुका साथै सत्तारुढ शक्तिभित्रका सच्चा, इमान्दार, मालेमावाद पक्षधर क्रान्तिकारी व्यक्ति वा समूहहरुबीच समेत सहकार्य, संघर्षमा तालमेल, कार्यगत एकता, संयुक्तमोर्चा र पार्टी एकताका लागि दवाब र सहजकर्ताको भूमिका निर्वाह गर्ने र

ग — समसामयिक राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, सामरिक र राष्ट्रिय स्वाधीनताका मुद्दाहरुमा अध्ययन, अन्तरक्रिया, प्रतिक्रिया, खबर्दारी, विरोध र भण्डाफोर गर्दै हस्तक्षेप र निषेध गर्ने÷गराउने आन्दोलनमा सहयोग गर्ने । सीमा अतिक्रमण भएको र भूमि फिर्ता गरेर राष्ट्रियताको रक्षाका लागि तथा जनवादी अधिकारको निर्वाध उपयोग र थप अधिकार प्राप्तिका लागि समेत संयुक्त मोर्चा वा कार्यगत एकता गर्ने ।

यिनै सब केही वैचारिक कुराहरुलाई छोटकरीमा स्पष्ट पार्ने मनसायले ‘मार्क्सवादी एकता अभियान, नेपाल’ को तर्फबाट यो अवधारणापत्र जारी गरिएको छ । –माक्र्सवादी एकता अभियान, नेपाल  , २०७७ भदौ २५’     –जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here