अवैध लागूऔषध सहित पक्राउ

296

काठमाडौं – पर्साकाे कालिकामाई गाउँपालिका-१ तीनडुविया बस्ने २९ वर्षीय खोवारी प्रसादलाई ८ किलो अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

बाँकेमा नेपालगंज उपमहानगरपालिका-१६ जयसपुरबाट १ ग्राम अवैध लागूऔषध ब्राउनसुगर र नियन्त्रित लागूऔषध ६० ट्याब्लेट नाईट्राभेट सहित दैलेख नौमुले गाउँपालिका- ५ सल्लेरी बस्ने २२ वर्षीय सन्तोष सिँह ठकुरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  लागूऔषध नियन्त्रण व्यूरो नेपालगंज र सिमा प्रहरी चौकी जयसपुर बाँकेबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा गोजीमा लुकाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसका साथै बाराकाे जितपुरसिमरा उपमहानगरपालिका-७ बाट करिब १ सय ५० किलो अवैधलागूऔषध गाँजा बुधबार प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरीलाई देख्नासाथ पथलैयाबाट जितपुरतर्फ आउँदै गरेको ना.७ ख ९४५४ नम्बरको ट्रक छोडी चालक र सहचालक फरार भएपछि ट्रकमा राखेको उक्त परिमाणको गाँजा फेला पारेको हो । फरार ट्रक चालक र सहचालकको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here