मन्त्री बन्न तीस गुण ! प्रधानमन्त्री बन्न कति गुण ?

234
– रिदेन महर्जन

अहिले डबल नेकपाको सरकारलाई अदुरदर्शी राजनीतिका कारण विभिन्न क्षेत्रमा कार्यरत  नेपाली जनताका तर्पmबाट चौतर्फी विरोधका सामना गर्न परिरहेको छ । देशमा सुशासन कायम गर्न नसक्दा, श्रमिक, ज्यालादारी तथा पर्यटन मजदुृरी गर्ने पर्यटन व्यवसायीहरुले समेत ४१ औं विश्व पर्यटन दिवसको अवसर पारेर पर्यटन मन्त्री योगेश भट्टराईको राजीनामाको माग राख्दै गत आइतरबार पर्यटन मजदुर संघर्ष समितिले पर्यटन बोर्ड अघि नाराबाजीसमेत गरे ।  ‘भोकले मर्नुभन्दा रोगले मर्दा सजिलै आत्माले शान्ति पाउँछ’, ‘जसले पर्यटन मजदुरको भरोसा तोड्छ, उसले टुरिजम छोड्छ’, ‘बल्याक डे अफ टुरिजम वर्कर्स’, ‘डन्ट किल नेपाल टुरिजम’ लगायत नारा लेखिएका पोष्टकार्डसमेत प्रदर्शन गरिएका थिए । यो समाचार विभिन्न सञ्चार माध्यमहरुमा चर्चाको विषय बन्यो ।

वर्तमान जटिल पस्थितिलाई मध्यनजर गरि  प्रधानमन्त्री ओलीको नेतृत्वको सरकारले ‘देशलाई विकास, सुशासन र समृद्धितर्फ डो¥याउन मन्त्रीका रूपमा ल्याइने सारथी इमानदार, जनउत्तरदायी र शतप्रतिशत परिणाम दिन सक्ने’ सक्षम व्यक्ति हुनुपर्ने राजनीतिक तथा प्रशासनविज्ञ सुझाव दिएका छन् । यसो हेर्दा यी गुणहरु सत्तारुढ दलका नेताहरुमै अर्थात प्रधानमन्त्रीमानै नभएको स्पष्ट हुन्छ ।  भ्रष्टाचारी, बलात्कारी, हत्या र हिंसा जस्ता गतिविधिहरुले आक्रान्त भएको नेपाली जनमानसबीचमा सबै भन्दा पहिले यिनैविषयलाई नियन्त्रण गर्न सक्ने गुण भएको व्यक्ति सरकारमा पुग्नु आवश्यक हो । नेपाली जनताले सत्तारुढ दलमा मन्त्री भएका मन्त्रीहरुमा यस्ता गुण देख्न पाएका छैनन् । नेताहरु भ्रष्टाचारी छन, नेताहरु बलात्कारीलाई संरक्षण गरिरहेका छन्, नेताहरु हत्या र हिंसालाई मलजल गरिरहेका छन् । त्यसैले गुणवान् व्यक्ति खोज्ने हो भने  मन्त्रालयमा पठाउने सोच नबनाउँदा ठीक होला जस्तो लाग्दछ । हुन त नेपालको सरकारमा नयाँ मन्त्री बन्न सुशासन ऐन २०६४ अनुसार काम गर्न सक्ने, समग्र कार्यमा गति दिन सक्ने, जनप्रिय कार्यक्रम ल्याउन सक्ने तथा नीति बजेट कार्यक्रम परिणाममुखी बनाउन सक्ने गुणयुक्त हुनुपर्ने उल्लेख छ । तर विश्वभर कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण श्रृजना भइरहेको संकट समाधान, नवीनत्तम योजना तथा कार्यक्रम बनाउन सक्ने क्षमताका व्यक्तिलाई मन्त्री बनाउनुपर्ने आवश्यकता राजनीतिक तथा प्रशासनविज्ञले औंल्याएको  भएता पनि यी गुण प्रधानमन्त्री स्वयम्मा नभएकाले यस्तो सम्भावना पनि देखिदैन ।  हावादारी भाषण दिएर जनतालाई उल्लु बनाउने काममा मात्र प्रधानमन्त्रीबाट भइरहेकाले उहाँको रोजाईमा राम्रा मान्छे पर्लान वा योग्य मान्छे पर्लान भनेर आशा गर्न सकिन्न् ।

मन्त्री बन्नका लागि निजीभन्दा सार्वजनिक हित प्रवद्र्धनमा उल्लेखनीय भूमिका खेल्न सक्ने हुनु पर्ने, उच्चस्तरको नैतिकता र आचरण प्रर्दशन गरिरहेका तथा जनताको समस्यालाई आफ्नै समस्याका रूपमा आत्मसात् गरी सधंै जनताको घरदैलो र छहारीमा नै बस्न रुचाउने सादा जीवन उच्च विचारका कर्तव्यनिष्ट हुनु पर्ने हो । यस्तो व्यक्ति त कम्युनिष्ट बाहेक अरु हुनै सक्दैन । तर प्रधानमन्त्री ओलीले कम्युनिष्ट धरातलको राजनीति छोडेर पूँजीवादी अमेरिकालाई पछ्याउने राजनीति गरिरहेका कारण त्यस्तो आशा पनि गर्न सकिदैन ।

हुनत सत्तारुढ दलका नेताहरु आफ्नो आसेपासे, आफन्तमा मात्रै सिमित रहेकाले कतै नेपालमा जहाँनिया राणा शासक परिवारले मात्रै देश चलाए जस्तै हुने त होइन भन्ने आशंका पनि जन्मिएको छ । प्रधानमन्त्री ओलीलाई ओली थर भएपछि अरु केही पनि नचाहिने भएको देखिन्छ । ओली थर भएका व्यक्ति राजावादी भएपनि हुने, भारतवादी भएपनि हुने, भ्रष्टाचारी भएपनि हुने, दुराचारी भएपनि हुने अवस्था देशमा विकसित भएको छ । राजनीतिक योगदानको मूल्यांकन हुन छोडिसकेको छ । त्यसैले गर्दा नै ओली शासनले राम्रो गति लिने संकेत छैन र त्यस्तो आशा पनि गर्न सकिदैन ।

प्रधानकेपी शर्मा ओलीको नेतृत्वले शासकीय बागडोर सम्हालेको तीन वर्ष पुग्न लागि सक्यो । यस अवधीमा खासै सुशासन र विकासका क्षेत्रमा प्रभावकारी कार्य हुँदै आएको सरकारी दाबी भएपनि डबल नेकपा नेतृत्वको सरकारले जन अपेक्षा अनुसार काम गर्न नसकेको गुनाशो डबल नेकपा भित्रै चर्को रुपमा उठिरहेको छ । त्यसैले वर्तमान सरकारले मन्त्री बन्नका लागि निर्धारण गरेको तीस गुणको कुनै अर्थ देखिदैन । -जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here