महामारीकाे समयमा यात्रुलाई ठग्ने बस र सुमोहरु कार्वाहीमा

305

काठमाण्डौ – कोरोनाको संकटमा पनि बसमा यात्रा गर्न बाध्य भैरहेका जनसाधारणलाई बसवालाहरुले कसरी ठरिहेका छन् भन्ने एउटा दृष्टान्त बल्खु ट्राफिकले फेला पारेको छ । एकजना बृद्द महिलालाई बसवालाले रु ५०। भाडा लगाउनु पर्नेमा रु ६००। अशुलेको भेटाए पछि ट्राफिक प्रहरी बल्खुले उज्रीका आधारमा बसवालालाई कार्वाही गरेको छ ।

असोज ६ गते बिहान ७.३० बजेतिर कलंकीतिरबाट चक्रपथ हुँदै गुडिरहेको बा ३ ख २४४६ नंबरको बसले बसमा सवार भक्त कुमारी अधिकारी नाम गरेकी बृद्द महिलालाई ठगि गरेको पाए पछि ट्राफिक प्रहरी बल्खुले उद्दार गरेर बसवालालाई जरिवाना वापत रसिद काटेर कार्वाहीका लागि यातायात ब्यवस्था कार्यालयमा पठाएको छ । महिलाले  भाडाका लागि भनेर दिएको रु १०००। नोटको फिर्ता रु ४००। मात्र दिए पछि ट्राफिकमा उजुरी गरेकी थिईन् ।

त्यसैगरी बल्खु ट्राफिकले आफ्नो क्षेत्रमा केही दिन यता निकै सक्रियता देखाएको पाईएको छ । टाटा सुमोवालाहरुबाट यात्रुहरु ठगिएको गुनासोका आधारमा अनुशन्धान गर्दा केही टाटा सुमोवालाहरु पनि कार्वाहीमा परेका छन् । निर्धारित भाडा दर भन्दा बढाएर यात्रुहरुलाई ठग्ने गरेका कारण सुमोवालाहरु कार्वाहीमा परेका पाईएका छन् ।

यसैबीच बल्खु ट्राफिक ईञ्चार्ज सव ईन्स्पेक्टर मिलन सिंहले सडक किनारका निषेधित ठाउँहरुमा रोकेर राखिएका लु २ घ १०५ र ना ६ ख २९२८ नंका ट्रकहरुका चालकसंग ब्लुबुक र चालक प्रमाणपत्र मागेर जाँच्ने क्रममा ब्लुबुकभित्र रुपैयाँ राखेर नजराना दिन खोज्ने ट्रक चालकहरुलाई ठाउँको ठाउँ कार्वाही उठाएर कालिमाटी चलान गरेका छन् । ट्राफिकको यस्तो सक्रियताले ठगि गर्ने सवारी चालकहरुमा स्वाभाविक रुपमा सुधार आउने आशा पीडित सर्वसाधारणले गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here