काठमाडौं – नेकपा अध्यक्ष एवम प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच नेकपा एकताका बाँकी काम असोजभित्रै पूरा गर्ने समझदारी भएको छ। बिहान साढे ११ बजेदेखि करिब तीन घण्टा दुई अध्यक्षबीच एकतालाई तत्काल टुंगो लगाउने निष्कर्ष निकालिएको हो।
नेकपा पार्टी एकता भएको दुई वर्ष तीन महिना भएपनि अझै एकता पूरा हुन सकेको छैन। गत असोज ६ गते बसेको सचिवालय बैठकले १० दिनभित्र अध्यक्ष ओली प्रचण्ड सहित महासचिव विष्णु पौडेलले एकताको खाका तयार गर्न दिएको थियो। तर, तोकिएको १० दिनको म्याद सकिएपनि एकता प्रक्रियाले गति लिएको छैन।
नेकपा एकता असोजभित्रै सकिनेमा नेताहरुले आशंका व्यक्त गरेका छन्। भेटमा दुवै नेताहरूले मन्त्रिपरिषद् पुनर्गठनबारे पनि छलफल गरेका थिए।