तास खेलिरहेको अवस्थामा पक्राउ

50

कैलाली – लम्कीचुहा नगरपालिका-२ स्थित रोहन ढकालको घरमा तास खेलिरहेको अवस्थामा नगद ३२ हजार ५ सय ५० रुपैयाँ र एक गड्डी तास सहित ५ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा लम्कीचुहा नगरपालिका-२ बस्ने ३४ वर्षीय विष्णु केसी, सोही ठाउँ बस्ने ४२ वर्षीय शेर बहादुर रावल, ३५ वर्षीय खड्क पुन, ३५ वर्षीय हर्क पुन र ३७ वर्षीय डिल्ली प्रसाद जोशी रहेका छन् । ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here