उपत्यकामा कोरोना संक्रमित १ हजार ४ सय ९ जना थपिए

69

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४ सय ९ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार १ सय १६, ललितपुरमा १ सय ६३  र भक्तपुरमा १ सय ३० जनालाई कोरोना संक्रमण देखिएको छ।

काठमाडौंमा ३० हजार ४९७, ललितपुरमा ४ हजार १७४ र भक्तपुरमा ३ हजार ४९ संक्रमित पुगेका छन्। पछिल्लो २४ घण्टामा देशभर २ हजार ५९ जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ६७६ पुगेको छ।

संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा १ हजार ६८० छ। योसँगै हालसम्म ७३ हजार १२३ पुगेको छ। आज देशभर २७ हजार ५३ जना सक्रिय संक्रमित छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here