थप १० काेराेना संक्रमित मृत्युसहित कुल मृतक संख्या ६०० पुग्यो

95

काठमाडौं– नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय पुगेको छ। गत २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ६ सय पुगेको हो।

५ वटा जिल्लाका १ महिला र ९ पुरुष गरी १० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

झापामा २९ र ५२ वर्षीय पुरुष, सुनसरीमा ४६, ५३ र ६८ वर्षीय पुरुष, काठमाडौंमा ८७ वर्षीया महिला र ७१ वर्षीय पुरुष, ललितपुरमा ८४, रुपन्देहीमा ४७ र ८४ वर्षीय पुरुषको मृत्यु भएको छ।

यसअघि बिहिबार नेपालमा १२ जनाको मृत्यु भएको थियो। नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६० प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here