प्रभु डिजिटलकाे आईपीओ जारी गर्ने बाटो खुल्यो

260

काठमाडाैं – प्रभु डिजिटल पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । टेलिभिजन तथा इन्टरनेट सेवा प्रदान गर्दैं आएको प्रभु डिजिटल पब्लिक कम्पनीमा रुपान्तरण भएको हो । कम्पनीलाई नेपाल दूरसञ्चार प्राधिकरणले हालै पब्लिक कम्पनीमा परिवर्तन गर्न अनुमति दिएको छ ।

प्रभु ग्रुप अन्तरगत रहेको प्रभु डिजिटलले कम्पनी रजिष्टार कार्यालयबाट प्रभु डिजिटल लिमिटेड नाम पनि संशोधन गरिसकेको छ । टेलिभिजन, आईपी टिभी, ओटीटी र इन्टरनेट सेवा प्रदान गर्दैं आएको प्रभु डिजिटलले अब आईपीओ जारी गर्ने बाटो पनि खुल्ला भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here