म्युजिक भिडियो ‘हृदयको आवाज’ सार्वजनिक

224
काठमाडौं – गायिका दीपा लामा र गायक दाउत राईले रोमान्टीक गीत ‘हृदयको आवाज’ ल्याएका छन् । म्युजिक भिडियो सहित गीतमा शब्द अमर बान्तको रहेको छ ।

संगीत गायक राइकै रहेको गीतमा उदयराज पौडलको संगीत संयोजन छ । गीतको भिडियो पनि एकजोडी युवायुवतीको प्रेमकथा समेटेर रोमान्टिक शैलीमै निर्माण भएको छ ।

भिडियोमा अभिषेक श्रेष्ठ र दीपिका लामा ब्लोन देखिएका छन् । दीपिकाको बोल्ड लुक्स भिडियोमा देख्न सकिन्छ ।

देवजंग थापाको निर्देशन रहेको भिडियो प्रदिप बस्नेतले सम्पादन गरेको हुन् । गायक राईका यस अगाडि ‘तिम्रो सहर’, ‘फरिदा’ बोलका गीत चर्चामा रहेका थिए ।
https://youtu.be/ZIGMF8Mw4Hc

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here