उपत्यकामा २१२९ जना कोरोना संक्रमित थपिए

7

काठमाडौं-  पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २ हजार १ सय २९ जना संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ७ सय ४६, भक्तपुरमा १ सय ६७ र ललितपुरमा २ सय १६ जना संक्रमित भेटिएका छन्।

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५ सय ५६ जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै संक्रमितको कुल संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।

आज देशभर ३३ हजार ९ सय १५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here