डवल नेकपाको भ्रमहरुलाई चिर्दै नेपालका २० वामपन्थी संगठनहरु

49
 –हुकुमबहादुर सिंह

नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा एक समयमा आफूलाई त्याग, तपष्या र बलिदानको प्राय बनेका तर पछिल्लो समयमा खासगरी २०६२÷०६३को आन्दोलनको सफलता पछि संसदीय दलदलमा फसेकाहरु एक ठाउँमा जम्मा भएर बनाएको डव्वल नेकपाले कम्युनिस्टको नाममा  नेपाली जनतामा मात्रै होइन, उक्त एकतामा नगएकाहरुमध्ये अन्य केही कम्युनिस्ट पार्टी नेतृत्व तहमा समेत काफी भ्रम पार्न सफल भएको छ । उसले पारेका भ्रमहरुलाई संक्षिप्तमा निम्न बुँदाहरुमा राख्न सकिन्छ, प्रथम यो ओली नेतृत्वका सरकार देशभक्त तथा वामपन्थीहरुको सरकार हो ।

अग्रगामी र प्रगतिशील सरकार हो । दोस्रो यो सत्ताधारी पार्र्टी डव्वल नेकपा यो कम्युनिस्ट पार्र्टीको नेतृत्वमा बनेको सरकार हो । तेस्रो यो नेपालका दुई ठूला एमाले र माके लगायत अन्य ससाना घेरै कम्युनिस्ट पार्र्र्टी मिलेर बनेको एउटा एकीकृत कम्युनिस्ट पार्र्र्टी हो । सत्ताधारी पार्र्टी डव्वल नेकपालाई नेपालको एकीकृत कम्युनिस्ट पार्र्टी हो भन्ने भ्रम देश भित्र मात्रै होइन र देश बाहिर पनि परेको छ ।

मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल) ले त यो ओली नेतृत्वको सरकार देशभक्त तथा वामपन्थीहरुको सरकार हो । अग्रगामी र प्रगतिशील सरकार हो समेत भनिरहेको छ । यद्धपि यो कम्युनिस्ट पार्र्र्टीको सरकार होइन र डव्वल नेकपा कम्युनिस्ट पार्र्टी नै होइन पनि भनेको छ । यसरी उसको दोहारो मापदण्डले सरकार बाहिररहेका र नेकपा(मसाल(भित्रका इमान्दार क्रान्तिकारीहरुमा काफी भ्रम पारिरहेको छ ।

यसै सन्दर्भमा क्रान्तिकारीहरुका लागि एउटा  खुशीको कुरा के भएको छ भने नेपालका २० वामपन्थी संगठनहरुको कार्यगत एकताले,जसमा मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल) पनि सहभागी छ, डवल नेकपाले जनता र अन्य कम्युनिस्ट पार्टीहरुमा पारेका भ्रमहरुलाई चीर्न मद्दत गर्ने छ । कार्यक्रमद्धारा एकमतले पारित बूँदाहरु निम्न छन् ः

१.सबै वक्ताहरुले यो सरकारलाई अग्रगामी र प्रगतिशील होइन यो एउटा प्रतिक्रियावादी सरकार हो भन्नेमा सहमति जनाए,

२. यो सत्ताधारी पार्र्टी डव्वल नेकपा यो कम्युनिस्ट पार्र्टी होइन, यो चाही दक्षिणपन्थी दलाल र नोकरशाही पुँजीपति र सामन्तशाही वर्गको हीतको प्रतिनिधित्व गर्ने पार्र्टी हो ।

 ३.यो २० दलको कार्यगत एकता एउटा ऐतिहासिक सफलता हो ।

४.यो कार्यगत एकतालाई अझ व्यापक र विस्तृत गर्नु पर्छ र सुदृढ गर्नुपर्छ ।

५.यो एकतालाई संयुक्त मोर्चासम्म उठाउनु पर्छ । र यस अभियानलाई एउटा एकीकृत कम्युनिस्ट पार्र्टीको निर्माणमा विकास गर्दै जानु पर्छ ।

अन्तरकृयातम्क कार्यक्रमले सत्ताधारी डव्वल नेकपावारे संश्लेषण गरेका माथि उल्लेखित बूँदाहरु मध्ये प्रथम बूँदावारे सहभागी नेकपा(मसाल)को धारणा हो भने उसमा आएको सकारात्मक परिवर्तन हो भन्ने ठान्नु पर्छ । मोहनविक्रम सिंहको यो सरकारवारेको परिवर्तित धारणा आएको हो वा २०दलको माथि उल्लेखित निचोडबाट उनी पछाडि हटेको वक्तव्य निकाल्ने हुन् कि हेर्न बाँकी छ ।  नेकपा(एमाले)विशेषतः ओलीसंगको उनको मित्रताले यो अभियानलाई कत्तिको नकारात्मक असर पार्ने हो भविश्यले बताउने छ ।

आफुलाई वामपन्थी भनेर देशमा शासन चलाइरहेको पार्र्टीको एकलौटी सरकारले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्या समाधान गर्ने होइन कि तिनलाई झन झन विकराल बनाउने काम गरेर वामपन्थी भन्ने शव्द प्रतिनै वितृष्णा पैदा गराइरहेको वर्तमान अवस्थामा र यो सरकार गठन पछि यसले देशभित्र र बाहिर यसमा सबै कम्युनिस्टहरु एकतावद्ध भएका छन र यसले समाजवादलाई अगाडि बढाउँछ भन्ने ठूलो भ्रमलाई चीर्नका लागि एउटा राम्रो सुरुवात भएको छ ।

आवश्यता छ यो एकतालाई संयुक्त मोर्चासम्म उठाउने र यस अभियानलाई एउटा एकीकृत कम्युनिस्ट पार्र्टीको निर्माणमा विकास गर्दै जाने । –जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here