पृथ्वीबाट मंगल ग्रह सबैभन्दा ठूलो र चम्किलो देखिने दुर्लभ दिन

223

एजेन्सी –  आज मंगल ग्रह सबैभन्दा ठूलो र चम्किलो देखिने भएको छ । आज पृथ्वीबाट मंगल ग्रह सबैभन्दा ठूलो र चम्किलो देखिने नासाले बताएको छ ।  मंगल, पृथ्वी र सूर्य आपसमा सीधा रेखामा हुने भएकाले पृथ्वीबाट आज मंगल ग्रह ठूलो र चम्किलो देखिने भएको नासाले जानकारी दिएको छ ।

यी तीनवटा ग्रह १८० डिग्रीको कोणमा रहने यो दुर्लभ खगोलीय घटना भएको नासाले जनाएको छ ।  यसलाई टेलिस्कोपको सहयोगमा अवलोकन गर्न सकिने भए पनि राम्रोसँग हेर्न भने नजिकको खगोल विज्ञान केन्द्रमै जानुपर्ने हुन्छ।  यस्तो दुर्लभ घटना हरेक २ वर्ष (२६ महिना) मा आउने खगोलबिद्हरूलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।  यसअघि गत सन् २०१८ को जुलाई ३१ मा मंगल ग्रह र पृथ्वी नजिक आएका थिए । त्यसको दुई महिना अघि नासाले मंगल ग्रहको मिसन लन्च गरेको थियो ।  सन् २००३ मा मंगल ग्रह र पृथ्वीबिचको दुरी ३४.८ माइल थियो ।

अब सन् २०३५ सम्म पृथ्वी र मंगल ग्रह यति नजिक हुने छैनन् ।  मंगल ग्रहको अधिकतम तापक्रम २० डिग्री सेल्सियस हुन्छ । मंगल ग्रहमा २५ घण्टाको एक दिन हुन्छ । तर त्यहाँ वर्ष भने पृथ्वीको भन्दा करिब दुई गुणा लामो हुन्छ । किनभने सूर्यको परिक्रमा गर्न मंगल ग्रहलाई ६८७ दिन लाग्छ । जीएमटी २३ः२० मा मंगल, पृथ्वी र सूर्य तीनवटै ग्रह १८० डिग्रीको कोण अर्थात् सीधा लाइनमा हुने अमेरिकी अन्तरीक्ष निकाय नासाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here