सांसद सानु सिवाको निधन

148

काठमाडौं – प्रतिनिधिसभाकी सांसद सानु सिवा पहाडीको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको  छ ।

लामो समयदेखि अस्वस्थ रहेकी सिवाको बुधबार निधन भएको उनको परिवारले जानकारी दिएका छन् ।

उनी मृगौला र मुटुरोगका कारण अस्वस्थ थिइन् ।

सिवा प्रतिनिधिसभामा समानुपातिकतर्फकी सांसद थिइन् । मृगौला प्रत्यारोपणपछि पनि उनी अस्वस्थ थिइन् । ताप्लेजुङमा जन्मिएकी सिवा सांगितिक क्षेत्रमा समेत परिचित थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here