असल जीवनसाथी खोज्न अव औंलाको संकेत नै प्रयाप्त हुने

165

एजेन्सी – यदि तपाई पनि विवाह योग्य उमेरको हुनुहुन्छ र आफ्नो लागि उपयुक्त महिला साथी खोजीरहनु भएको छ भने तपाईको लागि यो उपाय धेरै नै फाइदाजनक सावित हुनसक्छ । तपाई चिनो मिलाउने झन्झटबाट टाढा रहन चाहनुहुन्छ भने ज्योतिषका अनुसार महिलाका औंलाहरुले तपाईको खोजीलाई चिनाले भन्दा धेरै सहायता गर्ने जनाउँछन् ।

जो महिलाको औंला चम्किलो, गाँठो रहित हुन्छ त्यस्ता महिलाहरु तपाईका लागि  एकदमै शाैभाग्यशाली सावित हुन्छन् ।
यदि तपाईले जीवनसाथीको रुपमा हेर्नु भएको महिलाका औंलाहरु छोटा छन् भने त्यस्ता महिलाहरु धेरै खर्चिलो हुन्छन् र उनीहरुसँगको तपाईको भविष्य सधै अभाव र समस्यामा गुज्रिने ज्योतिष  जनाउँछन् ।  लामो, गोलो औंला भएका महिलाहरु वैवाहिक जीवनका लागि असल मानिन्छन् ।

औंलामा तीन पर्व भएका महिलाहरु एकदमै भाग्यशाली हुन्छन् । त्यस्ता महिलाहरुसँग भविष्य सुन्दर हुन्छ । जुन महिलासँग हात बाँध्दा औंलाहरुको बीचमा खाली ठाउँ देखिन्छ त्यस्ता महिलाहरुबाट वैवाहिक जीवनमा सुखशान्ति पाइनेज्योतिषहरु मान्छन् । ‍औंलाका पछाडी रौं हुने महिलाहरुसँगको वैवाहिक सम्बन्धबाट जीवनमा धेरै समस्याहरु आउने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here