ओ नेगेटिभलाई कोरोना जोखिम कम तथा ए र एबी रगत समूहलाई बढि जाेखिम

125
Blood cells, bacteria, and virus traveling through a vein. bubble air particle in the water, science biology blood cell and virus microscope view an abstract background concept

काठमाडौ – ‘ओ’ रगत समूहका मानिसलाई कोरोनाको जोखिम कम र ‘ए तथा एबी’ रगत समूहका मानिसमा बढी हुने नयाँ अनुसन्धानबाट जानकारी प्राप्त भएको छ ।

यस विषयमा दुई छुट्टा छुट्टै बुधबार सार्वजनिक भएका स्वतन्त्र अध्ययनहरूका आधारमा ‘ओ’ रगत समूहका मानिसमा कोरोनाभाइरसबाट बच्न पाउने एक प्रकारको सुरक्षा आवरण रहेको पाइएको छ । कोरोनाभाइरस ओ रगत समूहका मानिसमा सर्ने सम्भावना कम हुन्छ र कोरोनाले समाते पछि बिरामी हुँदा गम्भीर जटिल समस्याको जोखिम कम रहेको पाइएको छ ।

तर ए र एबी रगत समूहका व्यक्तिमा कोरोनाको जोखिम ओ र बीको तुलनामा बढी रहेको वैज्ञानिकहरूको अध्ययनले जनाएको छ । रगतहरूको समूहको परिभाषा उनीहरूमा रहेको एनिटजेन र एन्टीबडी प्रोटिनहरूको आधारमा गरिन्छ । ओ रगत समूहका मानिसहरू विश्वभर सामान्यरूपमा पाइन्छन ।

ओडेन्स युनिभर्सिटी हस्पिटल तथा युनिभर्सिटी अफ साउदर्न डेनमार्कका अनुसन्धानकर्ताहरूको टोलीले रगत र कोरोना सम्बन्ध विषयमा एक अध्ययन गरेको छ ।अनुसन्धानकर्ताहरूले ४ लाख ७३ हजार कोरोना परीक्षण गरिएकाहरूको डेटा अध्ययन गरेका थिए ।

ओ रगत समूहका मानिसहरूमा अन्य तीन समूहका मानिसहरूको तुलनामा कोराना सर्ने र सरेपछि हुने जटिलताको कम जोखिम रहेको पाइयो । ओडेन्स युनिभर्सिटी हस्पिटलका डा टोरबेन बारिङटनले यस्तो बताएका हुन ।

यसैगरी यस विषयमा अर्को अध्ययन कोभिड–१९बाट गम्भीररूपमा पीडितहरू मध्ये ९५ जनामा गरिएको छ । क्यानाडामा गरिएको दोस्रो अध्ययनमा ए र एबी रगत समूहका पीडितहरूलाई भेन्टिलेसन जस्तो मेकेनिकल उपकरणको बढी आवश्यकता भएको पाइयो । भाइरसबाट उनीहरूको फोक्सलाई बढी समस्या पारेको पाइयो । किडनी फेल हुने कारणले उनीहरूलाई बढी डायलाइसिसको आवश्यकता भयो ।

सघन उपचार विभाग आइसीयुमा ए र एबी रगत समूहका बिरामी अन्य दुई समूहका बिरामी भन्दा बढी समयसम्म राख्नुपर्ने भयो । क्यानाडियाली अनुसन्धान टोलीले कोभिड–१९को गम्भीर स्तरको यो एक ठूलो संकेत भएको जनायो ।

यो अध्ययनका अगुवा लेखक युनिभर्सिटी अफ ब्रिटिश कोलम्बियाका डा माइपिन्दर सेखनले कोभिड–१९को नियन्त्रणका लागि कुन समूहको जोखिम कति लामो हुने त्यस आधारमा संयन्त्रको विकास गर्न सकिने बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here