राष्ट्रपति भण्डारीद्वारा नागरिक जीवन मर्यादित बनाउन आह्वान

67

काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकको जीवनलाई स्वच्छ, स्वस्थ र मर्यादित बनाउन सम्बद्ध सबैमा आह्वान गर्नुभएको छ ।

उहाँले घर, विद्यालय, स्वास्थ्य केन्द्र, कार्यालय, उद्योग, सार्वजनिक स्थल आदिमा साबुनपानीले हात धुने सुविधासम्बन्धी नौला र सिर्जनशील उपाय अपनाउन जोड दिनुभएको छ । ‘विश्व हात धुने दिवस (अक्टोबर १५) का अवसरमा उहाँले दिनुभएको शुभकामना सन्देशमा सो कुरा उल्लेख छ ।

राष्ट्रपतिले कोभिड–१९ बाट आफू बच्न र अरूलाई पनि बचाउन हातको स्वच्छतासम्बन्धी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिक मार्गचित्र बनाउन जोड दिनुभएको छ । उहाँले त्यस्तो रणनीति बनाई तीनै तहका सरकारले समन्वयात्मक कार्य गर्नुपर्ने खाँचो औँल्याउनुभएको छ ।

साबुनपानीले २० सेकेन्डसम्म मिचिमिची हात धुँदा श्वासप्रश्वासजन्य एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन सकिने र इबोला, हेपाटाइटिस, सार्सजस्ता जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य अध्ययनले देखाएका छन् ।

हाल विश्वव्यापी स्वास्थ्य समस्याका रूपमा रहेको कोरोना भाइरसलाई निष्क्रिय बनाई यसको सङ्क्रमणमा कमी ल्याउने महìवपूर्ण औजारमध्ये हातको स्वच्छता पनि एक हो । चर्र्पी प्रयोग गरेपछि, बालबालिकाको दिसा धोएपछि, हात फोहोर भएपछि, खाना बनाउनु, खाना खानु र खुवाउनु अगाडि, अनुहार, नाक, मुख, आँखा छोइसकेपछि, बाहिरबाट घर फर्किएपछि साबुनपानीले नियमित हात धुने गर्नुपर्दछ ।

राष्ट्रपतिले कोभिड–१९ को विस्तार र सङ्क्रमण रोक्न हातको स्वच्छता हुनुपर्दछ भन्ने सन्देश नागरिकसम्म पु¥याउनु अपरिहार्य भएको शुभकामनामा उल्लेख गर्नुभएको छ । यस सन्दर्भमा असोज १३ देखि कात्तिक १४ गतेसम्मको एक महिना तीनै तहका सरकार र सरोकारवालाको साझेदारीमा ‘हातको सरसफाइ सबैका लागि, साबुनपानी हात, सधैँ साथसाथ’ भन्ने सङ्कल्पका साथ देशभरि सबैका लागि हातको स्वच्छता अभियान सञ्चालन भइरहेको छ ।- गाेरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here