नयाँ अनुसन्धानले पत्ता लगायाे काेभिड १९ संक्रमित जीवनभरका लागि श्रवण शक्ति नष्ट गर्न सक्ने

137

काठमाडौं – कोरोनाले जीवनभरीका लागि श्रवण शक्ति नष्ट पारिदिन सक्छ । यसको संक्रमणले सुन्ने क्षमतालाई कम वा पूर्ण रुपमा समाप्त पारिदिन सक्छ । बेलायतमा एउटा यस्तै घटना भेटिएको छ । यो दाबी बेलायतको युनिभर्सिटी कलेज लण्डनका अनुसन्धानकर्ताले गरेका छन् ।

अनुसन्धानकर्ताका अनुसार संक्रमणपछि स्टेरोयड औषधी दिएपछि यसको असर नकारात्मक हुनसक्छ । यो बहिरोपनको रुपमा पनि देख्ने गर्छ । यद्यपि, बिरामीको श्रवण शक्ति कसरी घट्छ, यो पूर्ण रुपमा स्पष्ट हुन सकेको छैन । थुप्रै पटक फ्लू, हर्पिजजस्ता भाइरल संक्रमणको मामिलामा यस्तो हुनेगर्छ ।

कहिले, के र कसरी भयो, पाँच बुँदामा बुझ्नुहोस्ः

– बीएमजे जर्नलमा प्रकाशित रिपोर्ट अनुसार जुन संक्रतिमा बहिरोपनको मामिला भेटियो ती दमका रोगी थिए र कोरोनाको लक्षण देखिएपछि अस्पतालमा भर्ना भएका थिए ।

– अस्पताल भर्ना भएको १० दिनपछि उनलाई आइसीयूमा राखिएको थियो, त्यहाँ उनी ३० दिनसम्म भर्ना भए ।

– बिस्तारै बिरामीको स्वास्थ्यमा जोखिम बढ्दै गयो । त्यसपछि उनलाई एन्टीभाइरल औषधी रेमडेसिविर स्टेरोइस दिइयो र रगत चढाइयो । यो उपचारपछि बिरामीले केही राहत पाए ।

– केही दिनपछि बिरामीले दाहिने कानमा घण्टी बजेको जस्तो आवाज सुन्न थाले र अचानक यो कानले सुन्न छोडे । एकहप्ता पछि उनलाई आइसीयूमा ट्रान्सफर गरियो ।

– बिरामीको उपचार गर्ने डाक्टरले यसअघि कुनै पनि बिरामीको सुन्ने क्षमतामा असर नपरेको बताएका छन् । शारीरिक रुपमा ती बिरामी तन्दरुस्त छन् । कान न त सुन्निएको छ न कुनै अवरोध छः अनुसन्धानकर्ताका अनुसार बिरामीको कानको परीक्षण गर्दा त्यसमा न त कुनै अवरोध थियो न नै कान सुन्निएको थियो ।

यो घटनापछि बिरामीको थुप्रै परीक्षण गरियो । यसमा फ्लू, रुमेटोयड अर्थराइटिस, एचआईभीको परीक्षण समावेश थियो । अनुसन्धानमा पाइए अनुसार बिरामीको बहिरोपनको कारण कोरोनाको संक्रमण थियो ।

सुन्ने क्षमता घट्नु र टिनिटसको लक्षण पनि सर्तक पार्ने खालको अनुसन्धानकर्ताका अनुसार सुन्ने क्षमता घट्नु र टिनिटस (कानमा आवाज गुञ्जिनु) को लक्षण पनि कोरोना र फ्लूका बिरामीमा देख्न सकिन्छ । तर यस्तो मामिला पहिले देखिएको थिएन । वैज्ञानिकका अनुसार कोरोनाले कानमो मध्ये भागलाई पनि प्रभावित पार्न सक्छ ।

यो भाइरसले शरीरमा यस्तो रसायन बढाउने गर्छ जुन सुन्ने क्षमतासँग जोडिएको हुन्छ । अनुसन्धानकर्ताले डाक्टरलाई आइसीयूमा कोरोनाका बिरामीसँग कुरा गर्दा उनीहरुको श्रवण शक्तिबारे पपिन कुरा गर्न सुझाएका छन् । यस्तो हुँदा उनीहरुलाई तत्काल उपचार प्रदान गर्न पनि आग्रह गरेका छन् । स्रोतः बीबीसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here