दश दिने दृश्य कथामा आधाररित कार्यशाला लेन्स तालिम सम्पन्न

152
ललितपुर- लोप हुन लागेको बाजाहरुको उत्साहित युवा समुह श्री जट्टाधारी नित्यनाथ एकिकृत बाजं खलको आयोजनामा दश दिने दृश्य कथामा आधाररित कार्यशाला लेन्स तालिम असोज २९ गते सम्पन्न भएकाे छ। 
सभापतिद्वारा सात वटा सुकुन्दामा दीप प्रज्वलनका साथै मंगल धुनबाट शुरू भएकाे कार्यक्रममा विश्वभर काेभिड १९ काे संक्रमणबाट संसाभर मृत्युवरन गरेकाहरूका नाममा एक मिनेट माैनसमेत बसेकाे कार्यक्रममा अतिथिका सांस्कृतिक पुर्न जागरण अभियानका केन्द्रिय सदस्य एवम् बौद्ध युर्निसिटीका प्रो.फेसर असोजका महर्जनले ललितपुरको खोकना नेपालको सभ्यतासित जोडिएकोले सिकालीको ऐतिहासिक तथा धार्मिक महत्व दर्साउँदै  संस्कृतिकाे एक भाग मध्ये संगीत भएकाले यस संरक्षण, सम्बद्र्धमा युवा वर्गहरुले एक्क ढिक्का राष्टलाई योगदान सकाेस् भनि युवा वर्गहरूलाइ शुभकामना  दिएका थिए ।
तालिममा सहभागी भएका प्रशिक्षक अशेष डंगोलले दश दिने तालिम सम्पन्न भएपनि हामीसबैको अर्कोफेरि दायित्व रहेका जनाउँदै भन्नु भयो, आदिबासी नेवार समुदायहरुलाई राज्यद्धारा जुन विभेद निति अपनाएको छ । त्यस विरुद्धमा उत्रन सबैको भूमिका उत्तिकैपूर्ण रहने जनाउँदै सबैको साथ आवश्यक रहेकाे जनाउनु भयो ।
कार्यक्रममा प्रशिक्षक अनिलकुमार रञ्जित, किशोर महर्जन, अनील कुमार रञ्जित र किशाेर महर्जन मायाकाे चिनाकाे प्रदान गरिएकाे थियाे भने श्री जट्टाधारी नित्यनाथ एकिकृत बाजं खलको सभाअध्यक्ष एवम् मू.गुरु  राजेन्द्र महर्जनद्वारा कार्यक्रम समापन गरिएकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here