काठमाडौं – कीर्तिपुर नगर उधोग बाणिज्य संघको कार्यालय शुभारम्भसंगै सामाजिक उत्तरदायित्व बहन गर्दै चाडपर्वको अवसरमा आफ्नो परिवारसँग सुरक्षित स्वस्थ्य भयर हाम्रो कला संस्कृतिको जगेर्ना गर्न अनुरोध गर्दै कोरोना कोभिड –१९ सम्बन्धी जनचेतना जगाउन कीर्तिपुर नगर उद्योग बाणिज्य संघले कार्तिक १ गते शनिबार घटस्थापनाको शुभसाईटमा शान्तिपूर्ण साइकल र्यालीको आयोजना गरिएको थियो ।
कार्यक्रममा प्रमुखका रुपमा कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले पानसमा दिप प्रज्वलन एवम् रिवन काटेर शान्ति र्यालीको उदघाटन गरेका थिए ।
बिशेष अतिथि नेपाल उधोग बाणिज्य महासंघ बागमती प्रदेशको उपाध्यक्ष राजेन्द्र शेरचनको समेत उपस्थिति रहेको कार्यक्रम संयोजक फिरोज सिंहले जनाउनुभयो ।
सोहि कार्यक्रममा बिशेष अतिथिहरुमा बाघ भैरब जेष्ठ नागरिक समिति अध्यक्ष एवम् यसै संघको बिशेष सल्लाहकार निलकण्ठ अमात्य, कीर्तिपुर प्रहरी महानगरीय बिभागकम प्रमुख रुकेश तण्दुकार, २ वडा प्रमुख एवम् पर्यटन संस्कृति सम्पदा संरक्षण समितिका संयोजक रमेश महर्जनको नगरका बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।
यस कार्यक्रमको मुख्य उद्देश्य भनेको नै कोरोना भाइरस (कोभिड १९) बाट सचेतना जगाउनु नै हो । यस कार्यक्रमको सभाध्यक्ष कीर्तिपुर नगर उधोग बाणिज्य संघका अध्यक्ष राज्यलक्ष्मी शाक्यले गर्नु भएको थियो ।