भारतमा फेब्रुअरीसम्म कोरोना नियन्त्रणमा आउने प्रक्षेपण

50

एजेन्सी – भारत सरकारले बनाएको एक वैज्ञानिक कमिटीले आइतबार देशमा जारी कोरोना भाइरसको महामारीले आफ्नो उच्च बिन्दु पार गरेको जनाएको छ।  यद्यपी उसले सुरक्षात्मक उपायलाई भने जारी नै राख्नुपर्ने बताएको छ। कमिटीले जारी उपायहरूको पालना भइराखे आगामी वर्षको फेब्रुअरीसम्म महामारी समाप्त हुने सम्भावना रहेको निष्कर्ष निकालेको छ।

कमिटीको अनुमान अनुसार यस अवधिसम्म भारतको संक्रमित संख्या १ करोड ५ लाख पुग्नेछ। हाल भारतको संक्रमित संख्या ७५ लाख छ। वैज्ञानिक कमिटीले मार्चमा लकडाउन नगरिएको भए अगस्टसम्म भारतमा २५ लाख मानिसले ज्यान गुमाएको अवस्था हुने पनि बताएको छ।

हाल भारतमा कोरोनाबाट मर्नेको संख्या १ लाख १४ छ। कमिटीले संक्रमणले आफ्नो उच्चतम बिन्दु पार गरेको भएपनि नजिकै आएका चाडपर्व र जाडोका कारण संक्रमण बढ्ने सम्भावना रहेको बताएको छ। भारतले कोभिड-१९ महामारीले भारतमा पार्नसक्ने सम्भावित अवस्थाको अध्ययन गर्न ‘इण्डियन नेशनल सुपरमोडल’ नामको कमिटी बनाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here