यी काममा संकोच नमानेमा जीवनमा सफल प्राप्त हुने

185

आचार्य चाणक्य राजनीति र कुटनीतिमा कुशल विद्धान थिए । चन्द्रगुप्त मौर्य सम्राट बन्नुमा चाणक्यको महत्वपुर्ण योगदान थियो । चन्द्रगुप्त मौर्यले उनलाई आफ्ना गुरु मान्थे । चाणक्य मौय बंशको महामन्त्री थिए । तर महलमा बसेर पनि उनले साधारण कुटीमा सादा जीवन व्यतित गरेका थिए ।

उनी तक्षशिलामा शिक्षा प्राप्त गरे र त्यहि शिक्षक भएर शिक्षा पनि दिए । उनलाई राजनीति, समाजशास्त्र, अर्थशास्त्र आदी केही विषयमा समेत धेरै ज्ञान थियो । चाणक्यले आफ्नो नीतिमा केही कुरा बताएका छन्, जसअनुसार तीन चीजमा मानिसले कहिल्यै संकोच गर्नुहुँदैन तब व्यक्ति सफल हुन्छ ।

गुरुबाट शिक्षा लिने समयः चाणक्यको अनुसार कुनै पनि विद्यार्थीले शिक्षा ग्रहण गर्ने समयमा संकोच मान्नु हुँदैन । ज्ञान प्राप्त गर्ने समय सबैभन्दा महत्वपुर्ण हुन्छ यदि मनमा कुनै प्रकारका कुनै प्रश्न आएमा तुरुन्त सोध्नुपर्छ । किनकी जिज्ञासा मेटाउन धेरै आवश्यक हुन्छ । अन्यथा ज्ञान अधुरो रहन्छ । अधुरो ज्ञान प्राप्त गरेर जीवनमा सफल हुन सकिदैन ।

कारोवार र धनः कारोवार र धनको विषयमा कहिल्यै पनि संकोच मान्नु हुन्न । यदि तपाइँ कारोबारको कुरा गर्ने समयमा संकोच गरेमा केही स्पष्ट हुन्न । जसको कारण तपाइँ कारोवारमा दुख हुनसक्छ यसैले कारोवारमा निसंकोच कुरा गर्नुपर्छ । यसैगरी धनको विषयमा पनि संकोच गर्नुहुँदैन । यदि कसैलाई धन दिइएको छ भने माग्नलाई कुनै संकोच गर्नुहुँदैन ।

भोजन गर्ने समयमा संकोच मान्नुहुन्नः चाणक्यको अनुसार धेरै भन्दा धेरै भोजन गर्नु स्वास्थ्यको लागि हानी गर्छ त्यसैले अधिक भोजनको उपभोग गर्नुहुँदैन । तर भोजनको समयमा संकोच पनि गर्नुहुँदैन । किनकी भोजनबाट हामीलाई शक्ति प्राप्त हुन्छ र हाम्रो स्वास्थ्य पनि सहि रहन्छ । सहि तरिकाले भोजन न गरेमा स्वास्थ्यमा विपरीत प्र्भाव पर्छ । खराब स्वास्थ्यमा हामी सफल हुन सक्दैनौ । – धार्मिक ग्रन्थको सहयोगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here