व्यापार घाटा असोज मसान्तसम्मको २ खर्ब ६१ अर्ब नाघ्याे

62

काठमाडौं-चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३ खर्ब २३ अर्ब ३० करोड रूपैयाँको वैदेशिक व्यापार भएको छ। यो अवधिमा २ खर्ब ९२ अर्ब २६ करोड रूपैयाँको वस्तु आयात भएको छ भने ३१ अर्ब ४ करोड रूपैयाँको वस्तु निर्यात भएको छ।

असोज मसान्तसम्मको अवधिमा २ खर्ब ६१ अर्ब रूपैयाँको व्यापार घाटा भएको भन्सार विभागले तयार पारेको तथ्यांकमा उल्लेख छ। यो अवधिमा ८५ करोड ६० लाख रूपैयाँ राजस्व संकलन भएको छ। गत आर्थिक वर्षको यही आवधिमा ३ खर्ब ३४ अर्ब रूपैयाँको वस्तु आयात भएको थियो। त्यसैगरी २७ अर्ब १६ करोड रूपैयाँको वस्तु निर्यात भएको थियो। त्यस अवधिमा ९३ अर्ब ५७ करोड रूपैयाँ राजस्व संकलन गरिएको भन्सारले जनाएको छ।
विभागका अनुसार गत वर्षको यही अवधिको तुलनामा वस्तु आयात १२.७४ प्रतिशतले घटेको छ भने निर्यात १४.२८ प्रतिशतले बढेको छ। आयात घट्दाको असर राजस्व संकलनमा परेको छ। राजस्व संकलन ८.५२ प्रतिशतले गिरावट आएको विभागले जनाएको छ।  अघिल्लो असोजको तुलनामा यसपटक वैदेशिक व्यापार १३.४५ प्रतिशतले घटेको छ। कोभिडका कारण बजार सामान्य नहुँदा त्यसको असर वैदेशिक व्यापारमा देखिएको भन्सार विभागले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here