सार्थक मोती सम्मानद्वारा पूर्णबहादुर राना सम्मानित

112

बागलुङ – कला, सङ्गीत र साहित्यमा समर्पित यहाँका पाँच सर्जक÷कलाकार आज सम्मानित भएका छन् । सार्थक प्रकाशन बागलुङले प्रदान गर्ने ‘सार्थक मोती सम्मान–२०७७’ बाट गलकोट कला प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर राना सम्मानित भएका छन् ।

यस्तै धवल कला मन्दिरका तर्फबाट कलाकार महेशचन्द्र प्रधान र रमेशकुमार राजभण्डारीले ‘धवल मोती सम्मान–२०७७’ प्राप्त गरेका हुन् । स्मृति प्रकाशन बागलुङले प्रदान गर्ने ‘स्मृति युवा सम्मान–२०७७’ बाट साहित्य स्रष्टा सरीता खड्का र सुन्तली कुँवर सम्मानित भएका छन् ।

सदरमुकामस्थित विद्यामन्दिर पुस्तकालयमा आयोजित समारोहमा बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राजभण्डारीले पाँचै जनालाई दोसल्ला र सम्मान–पत्र प्रदान गरेका थिए । मोती जयन्तीमा आयोजना गरिने सम्मान समारोह निषेधाज्ञाका कारण पछाडि धकेलिएको हो ।

सम्मान ग्रहणपछि बोल्दै गलकोट कला प्रतिष्ठानका अध्यक्ष रानाले सम्मानले आफूलाई गौरवबोध भएको बताए । पहिलो संविधानसभाका सदस्यसमेत रहेका राना अहिले कला उत्थान र पर्यटन प्रवर्द्धनमा क्रियाशिल छन् ।

उनी नेतृत्वको प्रतिष्ठानले गत फागुनमा गलकोट नगरपालिका–५ टेउवामा अन्तराष्ट्रिय आधुनिक मूर्तिकला कार्यशाला सम्पन्न गरेको थियो । कलाकार प्रधानले सम्मानले थप जिम्वेबारी बोध भएको उल्लेख गरे । “सानैदेखि सङ्गीतमा रुची थियो, अहिले पनि म भ्याएसम्म सङ्गीत सिर्जनामा भुल्छु”, उनले भने ।

सोही सम्मान प्राप्त गर्ने अर्का कलाकार राजभण्डारी पनि लामो समयदेखि भजन सङ्गीत र गायनमा सक्रिय छन्। गलकोटकी स्रष्टा कुँवरले सम्मानबाट साहित्य क्षेत्रमा लागिरहने उत्प्रेरणा मिलेको प्रतिक्रिया दिए । उनको यसअघि उपन्यास कृति प्रकाशित छ । यस्तै अर्का सम्मानित स्रष्टा खड्काको मुक्तक सङ्ग्रह प्रकाशित छ ।

कुँवर र खड्का दुवै जना गलकोटमा बसेर साहित्यको सेवा गरिरहेको छ । कला साधनामार्फत समाजमा योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गरिएको सार्थक प्रकाशनका अध्यक्ष काजी रोशनले बताए । “सम्मानले कलाकर्मीलाई सँधै सक्रिय भइरहन झक्झकाउँछ”, उनले भने।

बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजभण्डारीले कला र संस्कृतिप्रति नयाँ पुस्तालाई आकर्षित गर्नुपर्ने बताए । “अहिलेको बच्चा मोबाइलमा भुलिरहेको छ, उसले साहित्यबारे थाहै नपाउने स्थिति आउन सक्छ”, उनले भने । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here