साेमबारसम्म काेराेना संक्रमित मृतकको संख्या ७५७ पुग्यो

73

काठमाडाैं-नेपालमा कोरोना एकै दिन १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय ५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि आइतबार १२ जनाको मृत्यु भएको थियो।

गत २४ घण्टामा ३ हजार ७ सय ९० जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ। कुल संक्रमितमध्ये ४० हजार ७ सय ७८ सक्रिय संक्रमित छन्।

कोरोनाको आशंकामा गत २४ घण्टामा १५ हजार ७ सय १४ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा कुल पिसिआर परीक्षणको संख्या १३ लाख ९ सय १८ पुगेको मन्त्रालयले जनाएको छ। हाल ४ हजार ४ सय ७० जना क्वारेन्टाइनमा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here