देशभर आज ५७ सय ४३ जना संक्रमित थपिए २६ जना संक्रमितको मृत्यु

78

काठमाडौं – नेपालमा कोरोना भाइरसका आज ५७ सय  ४३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ४४ हजार  ८ सय ७२ पुगेको छ ।

यसका साथै उपत्यकामा ३ हजार १०७ नयाँ काेराेना संक्रमित थपिएका छन् ।  जस मध्ये काठमाडौंमा २ हजार ३९१ , ललितपुरमा ५४३  र भक्तपुरमा १७३ जनालाई  कोरोना संक्रमण देखिएको छ।

संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ९९६ छ। योसँगै हालसम्म ९९ हजार ६०५ पुगेको छ।  आज देशभर ४४ हजार ४७६ जना सक्रिय संक्रमित छन्। आज देशभर २६ जना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।  हालसम्म ९९ हजार ६ सय ५ जना संक्रमणमुक्त भएका छन् । आज २९९६ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here