नेप्सेमा १ अर्बभन्दा बढीको शेयर खरीदविक्री

54

काठमाडौं – बुधवार नेप्से परिसूचक कारोबार भएको तीन घण्टाको अवधिमा ११ दशमलव ३४ अंकले बढेर १ हजार ५९५ दशमलव १२  विन्दुमा पुगेको छ । उक्त अवधिमा १८५ ओटा कम्पनीको रू. १ अर्ब १० करोडभन्दा बढीको शेयर खरीदविक्री भएको छ ।

बुधवार एनआईसी एशिया बैंकको शेयरमा लगानीकर्ताको आर्कषण बढेको छ । यस अवधिमा सम्ममा उक्त कम्पनीको शेयर कारोबार सर्वाधिक भएको छ ।

कम्पनीको रू. २० करोड भन्दा बढीको खरीदविक्री भएको छ । कारोबारमा आएका १२ ओटा समुहमध्ये होटल समुहको शून्य दशमलव ५५ प्रतिशत, जलविद्युत् कम्पनीको शून्य दशमलव ६३ प्रतिशत, अन्य समुहको शून्य दशमलव १ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ०३ प्रतिशत घटेको छ भने बाँकी समहको परिसूचक बढेको छ ।

बैंकिङ समुहको परिसूचक सबैभन्दा बढी १ दशमलव  ३९ प्रतिशत बढेको छ । बाणिज्य बैंकले लाभांश घोषणा गर्न लागेसँगै उक्त समुहका कम्पनीको शेयरमा लगानीकर्ताको आर्कषण बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here