बजारमा सुनको मूल्य वृद्धि, चाँदीको भाउ घट्यो

13

काठमाडौं – सुनको मूल्यमा आएको वृद्धिले पुन : निरन्तरता पाएको छ । कार्तिक ६ गते, बिहीबार सुनको मूल्यले तोलामा २०० रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला ९५ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन बुधबार पनि सुन तोलामा ८०० रुपैयाँले बढेर प्रतितोला ९५ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

बिहीबार चाँदीको भाउ भने घटेको छ । यसदिन तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार २३० रुपैयाँमा खरिदबिक्री भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here